धादिङ समाज युएईको सातौ महाधिवेशन सम्पन्न, अध्यक्षमा मुलपानीका योगेन्द्र थापा

Avatar photo
Dhadingpost
आइतवार, भदौ २५, २०७४

दुबई, भाद्र २४ । बैदेशिक रोजगारीको सिलसिलामा धादिङ जिल्लावाट युएई आइ कार्यरत नेपालीहरुको संस्था धादिङ समाज युएईको सातौ महाधिवेशन ८ सेप्टेम्बर शुक्रबारका दिन दुबईको अरेवियन कोर्ट यार्ड होटलमा सम्पन्न भएको छ ।

 नेपाली दुतावास अबुधावीका कार्यबाहक राजदुत नेत्रबहादुर टन्डनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष भीम अधिकारीको रहेको थियो । समाजका भुतपुर्व महासचिव योगेन्द्र थापाको संचालनमा रहेको कार्यक्रममा समाजका संरक्षक चन्द्रप्रसाद सापकोटा, गाउँमा कम्प्युटर शिक्षा अभियानका अध्यक्ष भुवन गुरुङ, विजेनेश काउन्सिल युएईका कोषाध्यक्ष एकेन्द्र थापा, नेपाली समाज युएई निर्वाचन समिति संयोजक गोविन्द ढकाल, एनआरएनए आइसीसीका उपाध्यक्ष रमेश श्रेष्ठ, पत्रकार महासंघ युएईका उपाध्यक्ष लक्ष्मण खनाल, जनजाति महासंघ युएईका उपाध्यक्ष शुभलक्ष्मी राई, सोसियल क्लबका अध्यक्ष सालिक सुवेदी, हामी नेपाली एसोसियसनका उपाध्यक्ष सन्जय पान्डे, उद्योग बाणिज्य संघ धादिङका सदस्य दिपक कँडेल, दिपक थपलियाको विशेष आतिथ्यता रहेको थियो । साथै समाजका नानुकाजी अर्याल, लेक योन्जन तामाङ, मनोज गोर्खाली लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको समेत आतिथ्यता रहेको थियो ।

धादिङ समाज युएईका उपाध्यक्ष नरबहादुर घलेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथी तथा विशेष अतिथीहरुले ७ ओटा मैनबत्ती बालेर गरेका थिए ।


उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनले सामाजिक कार्यमा धादिङ समाज युएई अन्य संघसंस्था भन्दा धेरै अघि रहेको बताएका थिए । साथै समाजको यो रफ्तार नयाँ कार्यसमितिले अझै बढाउने शुभकामना व्यक्त गरेका थिए । उक्त कार्यक्रममा समाजलाई योगदान पुर्याउने समाजका संरक्षक चन्द्र प्रसाद सापकोटा, लेक योन्जन, भुवन गुरुङ, हरि नेपाली, मनोज कुमार श्रेष्ठ, नानुकाजी अर्याल, गुणनिधी धमला, धनबहादुर पाठक, ईश्वर प्रसाद उपाध्याय र शेखर चापागाईलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै सम्पुर्ण आजीवन सदस्यहरुलाई आजीवन सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।


कार्यक्रमको दोस्रो सेसन अन्र्तगत निर्वाचान समितिका संयोजक धन बहादुर पाठकको सभापतित्वमा सन्चालित बन्द सत्रले योगेन्द्र थापाको अध्यक्षतामा २१ सदस्सीय समितिको समेत निर्माण गरेको छ । जसमा बरिष्ठ उपाध्यक्षमा राजकुमार कँडेल, उपाध्यक्ष द्धयमा होम बहादुर अधिकारी र राजकुमार वस्ती, महासचिवमा अन्जन न्यौपाने, सचिवमा प्रसिद्ध खतिवडा, रमेश अधिकारी र शंकर श्रेष्ठ, कोषाध्यक्षमा प्रदिप लोहन तथा सहकोषाध्यक्षमा पुष्प गुरुङ रहेका छन् । त्यसैगरि नवनिर्वाचित कार्यसमितिका सदस्यहरुमा रीता लामा, सपना, गुरुङ, पदम थापा, हस्तबहादुर घिमिरे, रिम पन्त, दिनेश परियार, उमेश थपलिया, बद्रिप्रसाद खतिवडा र ३ जना सदस्य पछि थप्ने जनाइएको छ ।