धादिङमा विश्व आत्महत्या रोकथाम दिवस मनाईयो

Avatar photo
Dhadingpost
आइतवार, भदौ २५, २०७४

धादिङबेसी भाद्र २५ । एउटा जिवन परिवर्तनको लागि एक मिनेट भन्ने नाराका साथ विश्व आत्महत्या रोक थाम दिवस धादिङबेसीमा मनाइएको छ ।

आत्महत्या न्यूनिकरण सम्बन्धी छलफल तथा अन्र्तक्रिया कार्यक्रमगरि धादिङमा विश्व आत्महत्या रोक थाम दिवस मनाईएको हो ।

जिल्ला स्वस्थ्य कार्यलय धादिङ र जिल्ला प्रहरी कार्यलय धादिङको आयोजना जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वस्थ्य प्रशासक महेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जनस्थ्य प्रशासक, प्रहरी उपरिक्षक, लगायत विभिन्न्न सरकारी एवम गैर रकारी संघ सस्थाको व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आत्महत्या भनेको के हो, नेपालमा आत्महत्यको अवस्था, आत्महत्याको कारणहरु, आत्महत्याका संकेत तथा जोखिमहरु, आत्महत्याका लागि उच्च जोखिमहरुको बारेमा सहजीकरण गरीएको थियो ।

धादिङ जिल्लालाई लैगिंकताका आधारमा हुने हिंसाका घटनाको हिसाबले जोखिममा रहेको जिल्ला मानिन्छ । ७२-७३-७४ अनुसार धादिङमा आत्महत्या गर्नेहरुको सङख्या बढ्दो रहेको छ । वर्षमा ७० देखी ८० सम्म आत्महत्या गर्ने पाइएको र रोकथामको लागि जिल्ला प्रहरी कार्यलय अगाडि बढेको प्रहरी उपरिक्षक धुर्व रावतले बताउनुभयो ।

जिल्लामा भएका लैगिंकताका आधारमा हुने हिंसाका घटनाको अभिलेख राख्दै आएको सहयात्री समाज नेपालका अनुसार आर्थिक वर्ष २०७३-०७४ मा जिल्लामा विभिन्न २ सय ४६ वटा घटना घटेको छ । जसमा घरेलु हिंसाका १ सय १३ वटा, शारिरीक हिंसाका ६६ वटा भावनात्मक दुव्र्यवहारका ४४, जवरजस्तीकरणीका १३ वटा, यौनजन्य दुव्यवहारका ८, बालविबाहको १ वटा र मानववेचविखनको १ वटा घटना घटेको कार्यक्रममा जानकारी गराईएको थियो । सहभागिहरुले युवामा स्वरोजगार, सचेतनाको कार्यक्रमका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड दिनुपर्ने बताएका थिए ।