ग्रामिण यातायातको चौथो अधिवेशन सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २३, २०७४

धादिङ भाद्र २३ । नेपाल कै पहिलो ग्रामिण यातायात सहकारीको नबौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन धादिङबेसीमा सम्पन्न भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कार्यवाहक अध्यक्षमा डोलनाथ खनालको प्रमुख आतिथ्यतामा धादिङबेसी स्थित धादिङ उद्योग वाणिज्य महासंघको हलमा अधिवेशन सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी विशिष्ट अतिथि रहनु भएको उक्त अधिवेशनको उद्घाटन सत्रमा पूर्व मन्त्री कल्पना धमला, माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य पुष्प विक्रम मल्ल, माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जमकट्टेल, अखिल नेपाल यातायात मजदुर संगठनका महासचिव जगत सिंखडा, नेकपा एमालेका नेता कृष्ण अर्याल, नयाँ शक्ति नेपाल धादिङका नन्दप्रसाद काप्री, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायतको आतिथ्यता रहेको थियो ।

अधिवेशनको बन्द सत्रले हरि श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाति गरेको छ । बन्द सत्रको अन्तिम सम्म अध्यक्षको दावेदारमा देखिएका व्यवसायी दिनेश अधिकारीले ग्रामिण यातायातको स्थापनाको मर्म विघटन हुँदै गएको, यातायात व्यवसायीहरु हकहित भन्दा कार्यासमितिका सदस्यहरुले मनोमानि निर्णय गर्ने गरेको, निवर्तमान कार्यसमितिमा जम्मा २ जनाको मात्र बस रहेको र कार्यसमितिमा यातायात संचालनमा दक्षता नदेखिएकोले आफ्नो उम्मेदवारी रहने बताएपनि सर्व सहमतिमा हरि श्रेष्ठको नाम आएकोले आफुले छाडेको बताउनु भएको छ ।

नव गठित कार्य समितिको उपाध्यक्षमा इश्वर धरेल, महासचिव उमेश कुमार श्रेष्ठ, सचिव प्रमोद पोखरेल, कोषाध्याक्ष बद्री सुवेदी सहित ११ सदस्यीय कार्य समिति र चन्द्र लम्साल संयोजक रहने गरि ३ सदस्यीय लेखा समितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।