सस्तो लोकप्रियताको लागि मिडियामा झुटको खेती

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २२, २०७४

तेक्वान्दोका पूर्व मुख्य प्रशिक्षक ध्रुर्व गुरुङ यतिबेला विभिन्न शक्ति केन्द्र धाउन थालेका छन् । मुख्य प्रशिक्षकबाट हटाईएपछि विछिप्त बनेका गुरुङले केहि समय देखि मिडियालाई समेत प्रयोग गरि रहेका छन् । यसको उदहरणको लागि घटना र विचार साप्ताहिक पत्रिकाको २०७४ साल असार १४ गते बुधबार खेलकुद स्तम्भमा प्रकाशित सामाग्रीलाई लिन सकिन्छ ।

घटना र विचारलाई अन्तरवार्ता दिँदै मलाई समेत बदनाम गराउने कुचेष्टा गरेका छन् । २०४१ साल फाल्गुण ९ गतेका दिन देखि आदरणीय तेक्वान्दो प्रशिक्षक (गुरु) सितकर राजभण्डारी ज्यू सँग (वहा रो.खे.प.ले नियूक्ति गरेको पहिलो प्रशिक्षक हुन हुन्थ्यो) प्रशिक्षाण सुरु गरिएको दिन देखि आज सम्म तेक्वान्दो खेलको खेलाडी, स्वयम सेवक प्रशिक्षक, समर्थक, राष्ट्रिय संयोजक शुभ चिन्तक रही रहन पाउँदा विशेषत आदरणीय गुरु दिपराज गुरुङ जसले तेक्वान्दोको सुरुवात दिन देखि आजको दिन सम्म सफल नेतृत्व दिई रहनु भएको छ । नेपाल तेक्वान्दो संघ प्रति आभार व्यक्त गर्दछु ।

नेपाल तेक्वान्दो संघ भित्र कै तल्लो स्तरका केही स्वार्थि व्यक्तिहरुको कोपभाजनमा परि पिडित भएको कुरा नेपाल तेक्वान्दो संघको नेतृत्व तह ले चाल पाएपछि यस खेलको विकासमा टेवा पु¥याउन तेक्वान्दो खेलको संयोजकको जिम्मेवारी मैले पाएको छु । यो जिम्मेवारी निभाउने क्रममा अगाडी बढ्दै गईरहेको छु । यसै क्रममा स्वयमसेवक (वहाँ रा.खे.प.बाट तलब खाने कर्मचारी हुनुहुन्न) प्रशिक्षकको रुपमा धादिङ एडभान्स स्कुलमा प्रशिक्षणरत हुनुहुन्छ हाल त्यहा नियमित रुपमा २०० जना खेलाडीहरुले प्रशिक्षण लिई रहेका छन । सेतोपेटी देखि निलो, रातोपेटी सम्म रहेका खेलाडीहरु मध्य ५० जना खेलाडीहरुले संघको दर्ताको पखाईमा छन् । त्यसैगरी धादिङ बोर्डिङ स्कुलमा पनि १५० जनालाई फाराम भराई दुई महिना अघि देखि प्रशिक्षण सुरु गरिराखेको छ । स्कुल दर्ता तथा खेलाडी दर्ताको क्रममा रहेको छ । यी माथिका दुवै विद्यालय मध्य एड्भान्सको सञ्चालक समिति अभिभावक वर्ग र शिक्षक शिक्षिकाहरुको निर्णयले ५० पूर्णाङ्क राखि तेक्वान्दो खेललाई पाठ्यक्रममा नै समावेस गराई अमृत तामाङ उर्गेनले प्रशिक्षण दिइरहेका छन् । उहाँहरुलाई हामी धन्यवाद ज्ञापन गर्न चाहान्छौं । त्यहाको तेक्वान्दो प्रशिक्षणवारे नेपाल टेलिभिजन प्लस र एभिन्यूज टेलिभिजले धादिङ्गको तेक्वान्दो बारेमा नयाँ पुस्ता कार्यक्रममा प्रशारण गरि सकिएको छ ।

विषय प्रवेषः
घटना र विचार साप्ताहिक पत्रिकामा २०७४ आषढ १४ गते बुधबार प्रकाशित “१२ औैं सागमा राष्ट्रघात भएको हो ।” भन्ने श्री धुर्व गुरुङ ज्यूले दिनुभएको अन्तरवार्ता बारे खण्डन गर्नु पर्ने विषयहरुमा प्रवेस गर्दछु । दक्षिण कोरियामा हाल व्यापार कामदार विद्यार्थी आदि गरी विभिन्न व्यवसायमा सलग्न ४५००० (पैतालिस हजार) भन्दा बढी नेपालीहरु यहाको कानुनलाई मिचेर हैन यहाको कानुनलाई मानेर बसेका नेपालीहरु मध्य म पनि एक हु । यहाको कानुनलाई मिच्दा यहाको निर्वनमान राष्ट्रपति ज्यूलाई हातमा नेल लागेको थाहा नै होला हजुरलाई, झन हामी त विदेशि यो भन्दा बढी केही भन्नु नपर्ला ।

हजुरले यिनीहरु अहिलेसम्म फर्केका छैनन भनेर भन्नुभएको रहेछ यस सन्दर्भमा हजुरले भूतपूर्व शैनिकको हैसियतले खै के कति कहाबाट पाउछन् मलाई राम्रो सँग थाहा भएन तर हजुरजस्तो रा.खे.प.बाट तलब भत्ता खायर बसेको मान्छे हैनौं । सक्नुहुन्छ भने अमृत तामाङ उर्गेनले जस्तै तेक्वान्दोलाई पु¥याएको योगदानलाई जित्नुहोस् जित्न सक्नु हुन्न भने पढ्ने बेलामा तेक्वान्दो खेलेर समय विताएको र तेक्वान्दो खेलको विकासमा टेवा पु¥याउदै आफ्नो र सन्ततीको रोजी रोटीको जोहो गर्दै आएका धेरै स्वयम सेवक प्रशिक्षकहरुको बारेमा सोच्नु हास् बोल्नुहोस र केही गर्नुहोस् ।

त्यसको ठाउँ पनि बनाएर छोडेको छु । श्री विनोद शंकर पालिखे ज्यू सदस्य सचिव हुनु भएको वेला पूर्वग्रही ढङले तेक्वान्दो सहायक प्रशिक्षक करारबाट मलाई खेदेपछि म झसकीए  रा.खे.पमा यस्तै स्थिती र अवस्था रही रहने हो भने खेलकुदमा लागीरहनु भएको गुरु ज्यूहरुको कुनवेला बेरोजगार हुने हो ? भनेर नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ स्थापना गरिएको हो र हु । जहासम्म वर्तमान तेक्वान्दो नेतृत्वलाई पैसा खुवाएर आएको भन्ने आरोपम उल्लेख गरिएको देखे । त्यो सरासर शतप्रतिशत झुट, कलोकल्पीत, मिथ्या, पूर्वग्राही आरोप हुन । प्रमाणीत गरेर देखाउनको लागी धुर्व गुरुङलाइ च्यालेज छ । म सँग त धुर्व गुरुङको वेला वेलामा सम्पर्क भई नै रहन्थ्यो । आरोप लगाएर छाप्नु भन्दा पहिले सोधेका भएपनि हुन्थ्यो । मैले थाहा पाएका जती सवै भनी दिन्थे, किनकी जालझेल आरोप कुकर्महरु छाति भरी बोकेर बहुलाहा कुकुरले झै ङिच्च दात देखाउन मेरो बानी छैन ।

केही समय पहिले चितवनबाट प्रकट भएको मानव विनासकारी सन्काहा धुर्बे हांतीले मानव वस्तीमा गएर घरहरु भत्काएका थिए तर हजुरले घर मात्र हैन नेपाल तेक्वान्दो संघ परिवार माथी नै पो जाईलाग्नु भएछ । हजुर सँग सोध्न मन लाग्छ कर्म दिने बुबा जन्म दिने आमा जन्मीदा विशाल काख थापी दिने मातृभूमी ज्ञान दिनु हुने गुरु आफुलाई ख्याती र प्रख्यातमा ल्याउने नेपाल तेक्वान्दो संघ जस्तो आदरणीय पुज्जनिय संस्था प्रति विरोध गर्दा अलिकति पनि तपाईको मन दुखेन ?

अन्तमाः
नेपाललाई विश्व सामु चिनाउन अग्र पत्तिमा रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय औपचारिक प्रतियोगिताहरुमा आधिकारिक मान्यता प्राप्त नेपाल तेक्वान्दो संघको प्रगति होस र यस महान कार्यको लागी हामी जहा भएपनि आ आफ्नो बुद्धि विवेक र वर्कतले भ्याए सम्म लागी परौं । सदा यस संस्थाको सदस्य हुने अवसर पाई रहोस् । शुभ चिन्तकः मानध्वज लामा