विदेशमा नेपाली कामदारले संघ संस्था किन खोल्छन् ?

Avatar photo
Dhadingpost
बुधबार, भदौ २१, २०७४

हामी नेपालीहरू नेपालको बिभिन्न भु–भागबाट अवसरको खोजिमा बिश्वको कुना कुनाको शहरहरूमा पुगेका छौ । नेपालको राजनिती स्थिति र भौगोलिक वातावरण वेरोजगारको समस्या देशको स्थितिले नै हामीलाई विदेशिन वाध्य पारेको छ । त्यसमा झन राजनितिक स्थितिले झन् अराजकता भष्टाचार र वेरोजगार कमिसन पावरलाई उच्च चरम चुलिमा पुराएको छ ।

त्यसैले हामी अवसरको खोजिमा विदेशिन वाध्य भएको र हामीले के उदेश्य लिएर के को लागी आएको र हाम्रो दायीत्व र ज़िम्मेवारी के हो ? भन्ने कुरा पनि बिदेशिनेहरूले राम्रो संग बुझेका छन् । त्यो बुझ्न नस्कने र बिकल्पहरू सोच्न नसक्ने दाजु भाईहरू गाउँको कुना कुनामा कुवाँको भ्याकुता बनेर पनि बसिरहेका छन् ।

अलि अलि बुझेकाले जानेकोले पनि यो कुराको खोजि गरेन भने कस्ले गर्ने ? कुनै पनि ठाउँमा कुनै पनि कुरा उठाउनको लागी समाजिक अगुवाहरू समाज सेवी व्यीक्तहरूको आवस्यकता पर्दछ । सबै मानिसहरू काम र दाम कमाउनमा मात्र तल्लिन भयो भने विदेशिएका नेपालीहरूको समस्या हक हितको लागी कस्ले बोल्ने ?

कस्ले सम्बन्धित निकाय सम्म पुराउने कस्ले तपाईहरू जस्ता प्रत्रकार मिडियाहरू समक्ष पुराउने र काहाँबाट कुरा बाहिर आउने ? कसले यस बारेमा कुरा उठाउने भन्ने मेरो प्रश्न हो ? यदि सबै सम्पन्न हुने हो भने, यो नप्रर्न पनि सक्छ । जस्तो अहिले जापानमा हराई रहेकी चेलि सबिना महर्जनको खोजि तथा सम्बन्धित निकाय संग बोल्ने र दबाब दिने काम कस्ले गर्ने ? बिदेशमा कुनै पनि संघ संस्थाहरू खोल्नको उदेश्य म अध्यक्ष त उपाध्यक्ष भनेर पदको बार्गेनिङ गर्नको लागी मात्र होईन भनेर बुझिदिनको लागी म तपाई मिडियाका मित्रहरूलाई हार्दिक अनुरोध गर्दछु ।

विदेशमा कुनै पनि संघ संस्थाहरू खोल्नुको मुख्य उदेश्य भनेको प्रवासमा रहेका नेपालीहरूका लागी हक हितको लागी काम गर्नको लागी हो ।

कारण
१. प्रवासी नेपालीहरूलाई परेको समस्या समाधान गर्नको लागि ।
२. प्रवासी नेपालीहरूको हक हितको लागी काम गर्न
३. प्रबासमा बसेर सिकेको ज्ञान सिप दक्षता अनुभबलाई नेपाल मा लगेर लागु गर्न
४. देशमा विदेशी लगानी नेपालमा भित्राई नेपाको समुन्नत विकास गर्न
५. देशको अर्थतन्त्र माथि उठाई देश सम्बृद्धि बनाउन
६. रेमिट्यान्स बढी भित्राएर देशको आर्थिक ऊन्नती बढाई देश लाई सम्बृद्धि गर्न ।
७. जनता धनी भए भने देश श्वत धनि बन्दछ यसको लागी नेपालीहरूले विदेशमा बसेर पनि नेपाल र नेपालीको हितको लागी केही काम गरौ भन्ने उदेश्यले संघ संस्था खोलेर नेपाल र नेपालीको हितको लागी काम गरेको कुरा प्रष्ट पार्न चाहन्छु ।

प्रजुन अधिकारी, फुलकखर्क
हालः मकाउ