नेपाली जनसम्पर्क समिति बेल्जियम

Avatar photo
Dhadingpost
बुधबार, भदौ २१, २०७४

प्रेश बिज्ञप्ती

आदरणिय बेल्जियमबासी सम्पुर्ण नेपाली बुवामुवा,दाजुभाइ एंबम दिदीबहिनीहरूमा जय नेपाल ।
०३ सेप्टेम्बर २०१७ का दिनमा सम्पन्न एन आर एन ए बेल्जियमको निर्बाचनमा हाम्रो लेकतान्त्रिक समाबेशी समुहलार्इ मतदान गरी सहयोग गर्नु भएकोमा सम्पुर्ण बेल्जियम बासी नेपाली मतदाहरूमा हार्दिक धन्याबाद ज्ञापन गर्दछौ ।

सम्पन्न निर्वाचनमा बिजयी हुने सम्पुर्ण बिजेताहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ । साथै हाम्रो संगठन र प्रबासी नेपाली मंच बेल्जियम सँग भएको गठ्बन्धनका तर्फबाट संस्थाका निबर्तमान अध्यक्ष श्री सन्तोष जोशी (सुबास) नेतृत्व सहितको संयुक्त प्यानलका केही उम्मेदबारहरु बिजय हुन नसक्दा हाम्रो संगठन लगायत हामीहरू अत्यन्तै दुःखी भएका छौ ।

यसरी निर्बाचनमा होमिदा संस्थाले कहाँ र कसरी त्रुटी भयो र क कसबाट अघिकतम प्रयास भयो वा भएन भन्ने बिषयमा बैठक बस्नु पर्ने थियो र छिटो भन्दा छिटो समितीले समिक्षा बैठक वा आम भेला गर्नुपर्ने अवस्थामा यसरी समितिका सभापतीबाट एकाङ्की ढगंबाट आफ्नो सामाजिक संजालको फेसबुक मार्फत दिएको अभिव्यक्ति विधि विधान र सिङ्गो संस्थाको मर्म बिपरित भएको ठहर गर्दै यस संस्थाका पूर्व अध्यक्ष, नेपाली जन सम्पर्क समिति युरोपका महामन्त्री एबम् एन आर एन ए बेल्जियमका निवर्तमान् अध्यक्ष श्री गंगाधर गौतम माथि बिना कारण बदनियत एवम् पुर्वाग्रही ढङ्गले विधि विधान विपरित सभापतिको व्यक्तिगत धारणा आएको अवगत गराउदछौ ।

समयमै यस समितिको तर्फबाट आम भेला आयोजना गरि निर्वाचनका समयमा भए गरेका सम्पुर्ण गतिविधिहरुको समिक्षा गर्ने र सस्था संचालन र प्रक्रियामा देखिएका समस्याहरुको समाधानको लागि बिशेष अधिबेशन मार्फत पनि संगठनको बृहत् हितमा जान सकिने छ ।
हामी सकारात्कम सोच बिचार र सबैको सम्मान हुने बाटोबाट अगाडि बढ्न र सिङ्गो नेपाली जन सम्पर्क समितिको हितमा लाग्ने पुर्ण प्रतिबद्धता गर्दछौ ।

जय नेपाल
महामन्त्रीदय
शुभाष गुरुगं
दिनेश प्रसाद भण्डारी
नेपाली जनसम्पर्क समिति, बेल्जियम

बोधार्थ
दिल बहादुर गुरूग
नेपाली जन सम्पर्क समिति, युरोप बोधार्थ
शेर बहादुर देउबा
सभापती नेपाली कॉग्रेस पाटी
सानेपा ललितपुर, नेपाल