कर्मचारी आवश्यकता

Avatar photo
Dhadingpost
सोमवार, भदौ १९, २०७४

कर्मचारी आवश्यकता
दोस्रो प्रकासित २०७४ भदौ १९ गते सोमबार

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ र यूनाईटेड मिसन टु नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा धादिङ्ग जिल्लाका गजुरी गाउँपालिका वडा नं ४, ५ र ६ साविक पिडा गाविस तथा बेनिघाट रोराङ गाउँपालिका वडा नं १ र २ साविक महादेवस्थान गाविसमा संचालित बाल केन्द्रित सामुदायिक विकास कार्यक्रमका लागि १ जना फिल्ड संयोजक नियुक्ति गर्नुपर्ने भएको हुँदा नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण सहित भदौ २३ गते सम्म उल्लेखित ठेगानामा दरखास्त आह्वान गरिएको छ । म्याद नाघि आएको र रीत नपुगेको दरखास्त उपर कुनै कारवाही हुने छैन । प्रारम्भिक छनौटमा परेका उमेद्धारलाई मात्र परीक्षामा समावेश गराईनेछ ।
तपसिल
विज्ञापन नं:– ०१, ०७४/०७५
पद : फिल्ड संयोजक
संख्या:
प्रमुख जिम्मेवारीहरुः
 मासिक तथा वार्षिक कार्ययोजना बनाउन सहजीकरण र कार्यान्वयनमा प्राविधिक सहयोग गर्ने ।
 सम्झौता बमोजिमका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने ।
 विद्यालय र यससंग सम्वन्धित कार्यक्रमहरु संचालन गर्ने ।
 यस परियोजना अन्तर्गत बनेका संरचनाहरु जस्तै वालक्लव संजाल, महिला समुह संजालको क्षमता विकास र दिगोपनाको लागि सहजीकरण गर्ने ।
 साजाजिक परिचालकहरुको कामको प्रभावकारीताको अनुगमन तथा पृष्ठपोषण प्रदान गर्ने ।
 समुदायमा संचालन भएका विभिन्न क्रियाकलापहरुको अनुगमन तथा मुल्यांकन गर्ने, आवश्यक तथ्याङसंकलन तथा दस्ताबेजिकरण गर्ने र संकलित तथ्याङको बिश्लेषण गरी कार्यक्रमलाई पृष्ठपोषण दिने ।
 समूदाय तथा संघसंस्थाहरु तथा सरकारी निकायहरुसँग समन्वय, सहकार्य गर्ने ।
 परियोजनाको प्रतिवेदन तयार गर्ने ।
 संस्थाले तोकेको अन्य कार्य गर्ने ।
योग्यताः
– स्नातक तह उत्र्तिण भएको ।
– अनुगमन तथा मुल्याङ्कन सम्बन्धी ज्ञान र सीप भएको ।
– तथ्याङ्क व्यवस्थापन क्षेत्रमा कार्य अनुभव प्राप्त ।
– शिक्षा, बाल अधिकार, जिविकोपार्जन तथा आयआर्जनका क्रियाकलापको सम्बन्धि अनुभव भएको ।
– समूदाय तथा संघ संस्थाहरु तथा सरकारी निकायहरुसँग समन्वय, सहकार्य गर्ने सीप भएको ।
– परियोजना प्रस्ताव वारे जानकारी भएको र प्रतिवेदन लेखनमा राम्रो दखल भएको
– कम्प्युटर सीप भएको (नेपाली अंग्रजी टाईप राम्रोसँग गर्न सक्ने, ःक् ध्यचमि, भ्हअभ ि, उयधभच उयष्लत मा राम्रो दक्षता भएको)
– मोटरसाईकल चलाउने सीप र लाईसेन्स भएको ।
परिक्षाको किसिमः लिखित, प्रयोगात्मक र अन्तवार्ता
दरखास्त बुझउने ठेगानाः प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ
ईमेलः recruitment.prayasnepal@gmail.com
करार अवधिः ३ महिना (कामको प्रगति हेरेर थप हुने)
पारिश्रमिकः संस्थाको नियम अनुसार हुनेछ ।

दरखास्त बुझाउने अन्तिम मितिः २०७४ भदौ २३ गते ५: ०० बजे सम्म मात्र
(नोटः स्थानीयलाई प्राथमिकता दिईनेछ । पदपुर्ति सम्बन्धि सम्पूर्ण अधिकार प्रयास नेपाल धादिङमा निहित रहनेछ । टेलिफोन सम्र्पकलाई निरुत्साहित गरिनेछ । )
पदपुर्ती समिति
प्रयास नेपाल धादिङ