धादिङ समाज युएईको महाधिवेशन भदौ २३ मा

Avatar photo
Dhadingpost
सोमवार, भदौ १९, २०७४

दुबई भदौ १९ । बैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका धादिङवासीहरुको संस्था धादिङ समाज युएईले यही ८ सेम्टेम्बरका दिन सातौ महाधिवेशन सम्पन्न गरिने भएको छ ।

दुबईको अरेबियन कोर्ट यार्ड होटल बरदुबईमा हुने उक्त महाधिवेशनको उम्मेदवारी दर्ता र कार्यक्रम व्यवस्थापन लगायत सम्पुर्ण तयारी सकिएको निर्वाचन समितिका संयोजक धन बहादुर पाठकले बताएका छन् । विशेष गरि समाजका आजीवन तथा साधारण सदस्यहरुको उपस्थिती रहने सो कार्यक्रम मा बिभिन्न संस्थाका प्रतिनिधीहरुलाई समेत निमन्त्रणा गरिएको छ ।

संस्थाको गरिमालाई उच्च राख्दै धादिङवासी लगायत सम्पुर्ण नेपालीहरुको हितमा आफुलाई अब्बल सावित गर्दै आएको धादिङ समाज युएईले आगामी दिनमा लगानीमुखी कार्यक्रमहरुलाई जोड दिने संस्थाका सल्लाहकार नानुकाजी अर्यालले वताए ।

धादिङ समाज युएईको आगामी शुक्रबार सम्पन्न हुने सातौ महाधिवेशनले संस्थाको बिधान, प्रतिवेदन पारित गर्नुका साथै आगामी कार्यकालका लागी नयॉ कार्यसमितीको समेत चयन गर्नेछ ।