मृगौला फेल बस्नेतलाई मकाउमा आर्थिक सहयोग

Avatar photo
Dhadingpost
शनिबार, भदौ १७, २०७४

मकाउ भाद्र १७ । मानिसमा प्रर्थाना गर्ने ओठ मुख भन्दा सहयोग गर्ने हात महान् हुन्छन् ।

यहि भनाईलाई आत्मसाथ गर्दै मकाउ रहेका नेपालीहरुले मकाउमा सिटी अफ ड्रिम क्यासिनोमा काम गर्ने कास्की जिल्ला सिद्द पोखरी गाऊ पालिका वाडा नं १ निबासी राजु बस्नेतलाई आर्थिक सहयोग गरिएको छ ।

आर्थिक अभावमा छट्पटी रहेका दुबै मृगौला फेल भएका बस्नेतलाई मृगौला प्रत्यारोपणको लागी Leighton Cotai मा काम गर्ने साथीहरूले १३ हजार सहयोग गरेका हुन् ।

अन्तराष्ट्रिय नेपाली समाज मकाउका संयोजक तथा संघीय परिषद सदस्य प्रजुन कुमार अधिकारी र एजुकेट्भ सल्लाहकार अमृत आले मार्फत नेपाल जन सम्पर्क समितीको संस्थापक सभापति अम्बिर जोशीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।