हङ्कङ र मकाउमा अंक ८ को त्रास सुरक्षित रहन आव्हान

Avatar photo
Dhadingpost
बुधबार, भदौ ७, २०७४

मकाउ भाद्र ७ । यतिबेला चिनको हड्कङ् र मकाउमा सिङ्नल ८ देखिएको छ ।

यो सिङ्नल विभषण आँधिको पूर्ण सुचना दिने यन्त्रमा आधारित हुन्छ जव पूर्व सुचना दिने मापन यन्त्रले अंङक ८ दिन्छ तव साङ्केतिक हिसाबमा खतरा हुन सक्छ भन्ने गरिन्छ । यो मापन गर्ने चिन्ह सामुन्द्रिक आँधीको वेगको गति अनुसार घटबढ हुन्छ ८ पुगेपछि स्वत सुरक्षित रहन राज्यले आव्हान गर्नु हो ।

जव ८ अंक देखिन्छ तव सार्वजनिक विदा हुन्छ, सार्वजनिक यातायात कुनै चलेका हुँदैनन् सामुन्द्मा भएको डुङ्गा जहाजहरु सुरक्षित स्थानमा लगिन्छ भने सर्वसाधरणहरु घर बाहिर निस्कँदैनन् मकाउबाट प्रजुन अधिकारी बताउँछन् आज बिहानै देखि अंक ८ देखिएको छ यस्ताई हातो भनिन्छ यो भिषण सामुन्द्रिक आँधिको संकेत हो ।

अधिकारीले, हामी सबै सुरक्षित स्थानमा रहेको भन्दै मकाउ चाईनामा ठुलो आधिवेरी Typhoon”Hato” आउने सक्ने भनि मकाउको मौसम विभागबाट जानकारी आई रहेकोले मकाउमा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरूले सावधानी अप्नाई आफ्नो काम सुरक्षित रहन समेत आव्हान गरे ।