धादिङ समाज युएईको बाढी पीडितलाई सहयोग

Avatar photo
Dhadingpost
सोमवार, भदौ ५, २०७४

दुबई, भाद्र ४ । धादिङ समाज युएईले नेपालको तराई भेकमा गएको बाढीका कारण पीडित भएकाहरुको लागि संकलन गरेको राहत यही १६ अगष्तका दिन बाढी पीडित राहत संकलनको लागि गठित संयुक्त संयन्त्र युएईलाई हस्तान्तरण गरेको छ ।


धदिङ समाज युएईका पदाधिकारी, आजीवन सदस्य तथा साधारण सदस्यहरुबाट संकलन गरिएको रकम धादिङ समाजका प्रमुख सल्लाहकार भुवन गुरुङ, धन बहादुर पाठक, निवर्तमान अध्यक्ष भीम अधिकारी, सचिव अन्जन न्यौपाने, कोषाध्यक्ष प्रदिप लोहनी तथा सदस्यहरु पुष्प गुरुङ, ऋषिराम धरेल, विनोद अधिकारी लगायतको उपस्थितीमा संयुक्त संयन्त्र युएई अन्र्तगत लेखा उपसमितिका संयोजक तथा धादिङ समाज युएईका सल्लाहकार नानुकाजी अर्याल लाई १५०० युएई दिहराम हस्तान्तरण गरिएको हो ।
आगामी दिनहरुमा पनि नेपालीहरुको दुःखमा मल्हम लगाउन धादिङ समाज सदैव तत्पर रहेको सल्लाहकार भुवन गुरुङले बताएका थिए । साथै आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने सवैमा धन्यावाद समेत ज्ञापन गरेका थिए ।