एनआरएन बेल्जियमको नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता

Avatar photo
Dhadingpost
सोमवार, भदौ ५, २०७४

प्रकाश क्षेत्री
क्यानाडा, भाद्र ५ ।
एन आर एन बेल्जियमको नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता कार्यक्रम हिजो सिद्धियको छ । यसको समाप्ति संगै बेल्जियममा एनआरएनको रौनकता सशक्त रुपमा छाएको देखिन्छ ।

उम्मेदवारी दिनेहरुमा लामो समयदेखि नेपालमा काम गरिरहेका समाजसेवी,पत्रकार लगायत अन्य सामाजिक संघसस्थाहरुमा आबद्ध नेपालीहरु रहेका छन । जसअन्तर्गत समाजसेवी लोक दाहाल र पत्रकार सन्तोष न्यौपानेको उम्मेदवारीले नया उमंग थपेको छ । न्यौपाने स्वतन्त्र रुपमा सचिब पदमा उम्मेदवारी दिएका छन भने दाहाल अधक्ष्य पदमा उम्मेदवारी दिएका छन् ।

बिगत लामो समयदेखि समजेवामा कार्यरत लोक दाहालको समुहले नेपाल मा भुकम्प गएको समयमा २५ जना डा. सहीत को टोलीले १५ दिन स्वस्थ सेवा प्रदान गरेको थियो । धादिडं जिल्लाको बुढाथुम र बसेरी गलने गाउमा यो पछिल्लो पटक खानेपानीको लागी ४ लाख ५० हजार नगद सहयोग गरेका थिए ।.

केही महिना अघि १६ महिना देखी जंगलमा जेलर मृत्यु संग लडेर बसेको राउटे कपील शाहीलाई कठमाडौको बीर हस्पीटलको ट्रमामा उपचार गराएर ठिक बनाई फिर्ता पठाए । उनीहरुको समुहले आउदो अप्रिलमा स्वस्थ शिविर लाने कार्यकर्म राखेका छन् ।

दाहाल भलान्दरण मेडीकल भन्ने सस्थाको सदस्य, From people to people संस्थाको सदस्य भएर काम गरिरहेका छन । साथै पिडित चेली कविता गौतम लाई बेल्जियम सम्म ल्यानको लागी सहयोग गरेर उनले ठुलो गुण लगायका छन् । बेल्जियम स्थित हरेक संग संस्थालाई आर्थिक सहयोग गर्न सधै अगाडी उनि देखिन्छन । तिजको लागी आन्तार्प, लुवेन, ब्रुज, ब्रसेल्स र गेन्ट सहरका दिदी बहिनीहरुलाई गत बर्ष देखी रू १०० युरो प्रत्येक बर्ष दिने गरेका छन ।

दाहाल चुनाबको लगत्तै बाढी पिडितहरुको सहयोगको लागि बेल्जिक डाक्टरहरुको साथमा नेपाल जादैछन । ”पिडितहरुलाई आफ्नै हातले राहत प्रदान गर्ने र स्वस्थ्य सिबिर चलाउने हाम्रो कार्यकर्म रहेको छ ।” दाहालले भने ” मैले जितेको खण्डमा नेपाल र नेपालीको लागि कार्य गर्नको लागि बिशेष योजना अगाडी सारेको छु । जसले यहा रहने सबै नेपालीहरुको हकहितको लागि ठुलो सहयोग गर्नेछ ।”

सचिब पदका उम्मेदवार न्यौपाने बिगत लामो समयदेखि बेल्जियममा बसेर कलम चलाइरहेका पत्रकार हुन् । उनले समाजका घटेका घटना, गलत प्रवृत्तिको बारेमा सधै निडर भयर कलम मार्फत बाहिर ल्याउने गरेका छन । न्यौपाने लाइ बेल्जियममा नचिन्ने कमै ब्यक्तिहरु छन । एन आर एन लाइ सुद्दिकरण गर्नुपर्छ भन्ने मान्यता बोकेका न्यौपानेले आफुले जितेको खण्डमा बेल्जियमको प्रत्यक क्षेत्रमा नेपालि भाषा कक्षा संचालन गर्न सुरुवात गर्ने, नेपालि बिद्यार्थी हरु जो नेपाल बाट छात्रवृत्तिको लागि अध्धयन गर्न आउँ चाहन्छन उनीहरुको लागि बिशेष पहल गर्ने योजना अगाडी सारेका छन । एन आर एन प्रति नया पिढिको प्रेम जगाउने, उनीहरुको लागि केहि कार्यक्रमहरु ल्याउने उनको अहिलेको उद्देस्य रहेको छ ।

”अहिलेसम्म एन आर एन लाइ कलम मार्फत सतर्क गराउदै आयको थिय अब आफै भित्र पसेर केहि परिवर्तन गर्ने मेरो प्रयास रहनेछ ।यस भित्र लागेको दाग र नया पिढी तथा धेरै नेपालीले हेर्ने एन आर एन प्रतिको खराब दृस्टीकोण लाइ छिर्नु आवस्यक रहेको छ । सस्था खराब होइन तर त्यहाँ पस्ने व्यक्तिको प्रबृत्ति खराब हो भन्ने बुझाउनु जरुरि रहेको छ न्यौपानेले बताय ।

लोकदाहालको प्याननलाई जनप्रगतिशिल मञ्च, जनप्रगतिशिल मोर्चा, प्रवासी नेपाली एकता समाज बेल्जियम, नेपाली प्रवासी संघिय समाजबादीको संयुक्त समर्थन गरेका छन् । यो अर्थमा पनि सामाजिक सेवामा लागेका दाहाल बलिया बनेका हुन् ।

यस्तो छ हाहाल नेतृत्वको प्यानल
अध्यक्ष —लोक दहाल,
वरिष्ट उपाधक्ष —गंगा शर्मा ,
खुला उपाधक्ष — योगीता थापा
धन कुमार वान्तवा (मणि राई,)
महासचिव —आङ माया लामा शेर्पा,
सचिव— सन्तोष न्यौपाने
ज्ञानेन्द्र घिमिरे गणेश)
महिला सचिव — संगीता सिंखडा
कोषाधक्ष —चित्र गुरुङ,
महिला संयोजक — मनसुवा परीयार,
युवा संयोजक —यज्ञ बहादुर गुरुङ,
सदस्यहरुमा खुला तर्फ —आङबाबु शेर्पा
बिनोद महर्जन,
सुमन शर्मा,
सचिन के सि
मदन सिंह तिमिल्सिना
महिला सदस्यहरुमा —रीता रानामगर, कमला पुन
क्षेयि संयोजक —
आन्तोर्पेन — बिबेक उपाध्याय ।