इन्टरनेट गभर्नान्स फोरम नेपाल २०१७ सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, भदौ ४, २०७४

काठमाडौ भाद्र ४ । नेपालमा इन्टरनेटको विकास, प्रयोगमा पहुँच र बहुउपयोगिताका लागि सरोकारवालाहरुको सहकार्यमा प्रतिबद्धता जनाउँदै इन्टरनेट गभर्नान्स फोरम नेपाल २०१७ सम्पन्न भएको छ ।

इन्टरनेटको नीति, कानून, प्रयोग, उपयोगिता, आगामी कार्यदिशा र विद्युतय सुशासनका बहुपक्षीय सरोकारवालाहरुका बीच विभिन्न विधामा प्रस्तुतिकरण, समूहगत छलफल र निश्कर्षका साथ शनिबार गभर्नान्स फोरम नेपाल २०१७ सम्पन्न भएको हो ।

इन्टरनेट सोसाइटी नेपालको आतिथ्यतामा भएको फोरममा इन्टरनेट सेवाको गुणस्तर विस्तार, इन्टरनेटमा सूचना अभिब्यक्ति स्वतन्त्रता, समावेशीकरण का साथै नेपालमा स्मार्ट सिटीको प्रवर्धन र सम्भावनाका विषयमा समूहगत छलफल र निचोड प्रस्तुत गरिएको थियो ।

नेपालमा पहिलो पटक आयोजना भएको इन्टरनेट गर्भनान्स फोरममा नेपाल सरकारको सूचना प्रविधि विभाग, नेपाल दुरसंचार प्राधिकरण, स्थानीय सरकारका रुपमा रहेका नगरपालिकाहरु, इन्टरनेट स्वतन्त्रता, पहूँच र गुणस्तरका क्षेत्रमा काम गर्ने संघ संस्थाहरु, इन्टरनेट सेवा प्रदायक संस्थाहरु, सूचना तथा सञ्चार प्रविधि ब्यवसायीहरु, विश्वविद्यालय तथा प्राज्ञिक निकाय लगायत झण्डै ५० साझेदार संस्थाहरुको सहभागिता रहेको थियो । २ दिन विभिन्न सत्रमा चलेको इन्टरनेट गभर्नान्स फोरममा २ सय जनाको सहभागिता रहेको थियो ।

इन्टरनेट संग संबन्धीत बहूपक्षीय सरोकारवालाहरुले संयुक्त रुपमा गर्ने प्रचलन रहेको इन्टरनेट गभर्नान्स फोरम को पहिलो नेपाली संस्करणको स्वरुप रहेको इन्टरनटेन गभर्नान्स फोरम २०१७ नेपालको उद्घाटन महिला तथा समाज कल्याणमन्त्री आशा कोइरालाले गर्नुभएको थियो भने समापन सूचना प्रविधि विभागका प्रमुख विरेन्द्र मिश्रले गर्नु भएको थियो ।