Dhading News
log dhading

दक्षिण एसियामा मात्र १.६ करोड वाढी प्रभावित


आइतवार, भदौ ४, २०७४
अन्तराष्ट्रिय

एजेन्सी । दक्षिण एसियाली क्षेत्रमा पछिल्लो बाढीका कारण एक करोड ६० लाखभन्दा बढी मानिसहरु प्रभावित भएको सहायताकर्मीहरुले बताएका छन् ।

बाढीका कारण नेपाल, बांग्लादेश र भारतमा गरी अहिलेसम्म करिब ५०० जनाको ज्यानको गएको छ । अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीका अनुसार बाढीका कारण दक्षिण एसियामा केही वर्षयताकै सबैभन्दा नराम्रोमध्येको एक मानवीय संकट उत्पन्न भइरहेको छ ।
खाद्यान्न अभाव र बाढी पीडितहरुमा प्रदूषित पानीबाट फैलिनसक्ने रोगलाई लिएर चिन्ता व्यक्त गरिएका छन् ।

गम्भीर
अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीका क्षेत्रीय उपनिर्देशक मार्टिन फेलरले बाढीका कारण नेपाल र बांग्लादेशमा एक तिहाई मानिसहरु र भारतका चारवटा उत्तरी राज्यमा १ करोड १० लाख मानिसहरु प्रभावित भएको बताए । बाढीका कारण दशौं हजार मानिसहरु विस्थापित भएका छन्।
ूदक्षिण एसियाली क्षेत्रमा केही वर्षयता यो गम्भीरमध्येको एक समस्याको रुपमा देखिन थालेको छ र विनाशकारी बाढीका कारण प्रभावित लाखौं मानिसहरुको आवश्यकता पूरा गर्नका निम्ति तत्काल कदम चाल्न जरुरी छ,ू फेलरले एउटा विज्ञप्तिमा भनेका छन् ।

ूनेपाल, बांग्लादेश र भारतमा लाखौं मानिसहरुहरुले खानेकुराको चरम अभावको र प्रदूषित पानीबाट हुने रोगको सामना गर्नुपरेको छ ।
बांग्लादेशमा बाढीको स्तर एकदमै उच्चबिन्दुमा पुगेको र आउने दिनहरुमा अझ बढ्नसक्ने अनुमान गरिएको छ ।

विध्वंश
सेभ द चिल्ड्रेनका निर्देशक मार्क पिएर्सले अवस्था निकै चिन्ताजनकु रहेको बताएका छन् । उनले भने, अत्यधिक पानीका कारण सहयोग चाहिएका कतिपय समुदायसम्म पुग्न नसकिरहेको अवस्था छ । नेपाल रेडक्रस सोसाइटीले खेतीपाती हुने नेपालको प्रमुख क्षेत्रमा आएको बाढीले धेरै धानबाली नष्ट भएको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटीका महासचिव देवरत्न धाख्वाले भने, यो विध्वंशले गम्भीर खाद्य संकट निम्त्याउन सक्ने चिन्ता छ । सेभ द चिल्ड्रेन भारतका प्रबन्धक मुराली कुन्दुरुले हरेक वर्ष मनसुनी वर्षा हुने गरेपनि खासगरी यसपटक विगतमा भन्दा ठूलो पानी परेको बताए बिबिसिले बताएको छ ।

Loading...
  • धादिङबेसी बसपार्क स्थानियद्वारा बन्द

    धादिङबेसी बसपार्क स्थानियद्वारा बन्द

    धादिङबेसी कार्तिक ६ । धादिङ सदरमुकाम स्थित बसपार्क अनिश्चितकालीन बसपार्क बन्द गरिएको छ । विभिन्न ठाउँमा राखिएका टिकट काउण्टरहरु हटाएर बसपार्कमा काउण्टर राख्नुपर्ने, फोहर व्यवस्थापन र मर्मत संहारको माग गर्दै
  • धादिङमा तीन पार्टीका प्रमुखहरु चुनावी मैदानमा

    धादिङमा तीन पार्टीका प्रमुखहरु चुनावी मैदानमा

    धादिङबेसी कार्तिक ६ । धादिङका प्रमुख तीनठुला पार्टीका जिल्ला प्रमुखाहरु मंसिर १० गते सम्पन्न हुन गहिरहेको चुनावी मैदानमा होमिएका छन् । आगामी मंसिर १० गते हुन गहिरहेको प्रतिनिधि सभा सदस्यका
  • आँखाको नानी नै गुम्न सक्छ, झुसिलकिराबाट

    आँखाको नानी नै गुम्न सक्छ, झुसिलकिराबाट

    धादिङ कार्तिक ६ । धादिङको सामुदायिक आँखा केन्द्रमा दैनिक ५-७ जना आँखामा विझेको झुसिल किराको झुस निकाल्न आउने गर्दछन् । सामुदायिक आँखा केन्द्रका इन्चाज रामासिंह तामाङका अनुसार यो पछिल्लो पटक
santoshdojer