सुनचाँदी कला व्यावसायी संघको अध्यक्षमा राजेन्द्र रसाईली

Avatar photo
Dhadingpost
शनिबार, भदौ ३, २०७४

धादिङबेसी भाद्र ३ । नेपाल सुनचाँदी कला व्यावसायी संघ धादिङको दर्शौ बार्षिक साधारणसभा तथा तथा चौथो अधिवेशनबाट राजेन्द्र रसाईली अध्यक्षमा निर्वाचित भएका छन् ।

धादिङबेसी स्थित एक होटलम शुक्रबार भएको अधिवेशनबाट धादिङबेसीमा आ.क. सुन चाँदी पसल संचालन गरि रहनु भएका रसाईली अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

शुक्रबार राती अवेर सकिएको अधिवेशनले उपाध्यक्षमा रमेश गुरुङ, सचिवमा लोकबहादुर सुनार, कोषाध्यक्षमा निरण कुमार धमाल रहने गरि ११ सदस्यीय जिल्ला कार्यासमिति बनाएको छ ।

नेपाल सुनचाँदी कला व्यावसायी संघ धादिङको जिल्लअधिवेसन नेपाल सरकारका वाणिज्य मन्त्री मिन विश्वकर्माले गर्नुभएको थियो ।

मन्त्री मिन विश्वकर्मा प्रमुख अतिथि रहनुभएको उद्घाटन कार्यक्रममा विशेष अतिथी सांसद गुरु बुर्लाकोटी, धादिङ उदोग वाणिज्य संघका अध्यक्ष वोदनाथ दुवाडी लगायतको आतिथ्यता रहेको थियो ।