देवेन्द्रलाई साथ दिने धादिङबाट कोहि भएनन्

Avatar photo
Dhadingpost
शनिबार, भदौ ३, २०७४

धादिङ भाद्र ३ । नयाँ शक्तिबाट बाहिरिने अन्तिम तयारीमा रहेका र नयाँ शक्ति पार्टी नेपालले पनि कार्वाही गरी मार्ग प्रसस्त गरिएका नेता देवेन्द्र पौडेल माओवादी केन्द्रमा दलवल सहित आफ्नो उपस्थिति जनाउने तयारीमा छन् ।

नयाँ शक्ति पार्टी नेपालका सह-संयोजक समेत रहेका देवेन्द्र पौडेल लगायतको समुह नै माओवादीमा जाने तयारी भएपछि धादिङबाट को-को जालान् धादिङमा बहस सुरुभएको छ । कुनैबेला शालिन नेता देवेन्द्र पौडेलका विश्वास पत्रका रुपमा हेरिएका धादिङका नेताहरु महिला विभाग प्रमुख कल्पना धमला र विद्यार्थी विभागका इन्चार्ज राजु नेपाल देवेन्द्र पौडेल सँग सति जान नसकिने बताएका छन् ।

धमला र नेपाललाई नयाँ शक्तिमा जान उत्प्रेरण जगाउने नेता देवेन्द्र पौडेल भएकोले यी दुबै नेता पौडेल सँगै फर्कने माओवादी केन्द्र धादिङका कतिपय नेताहरुले बताउँदै आएका थिए ।

कतिपय मिडियाले कल्पना धमला समेत नाम जोडेर वदनाम गराउन खोजेको भन्दै केहि समय पहिला धमलाले सामाजिक सञ्जालबाट नै खन्डन गरेकि थिईन ।

नयाँ शक्ति पार्टी नेपाल धादिङको पछिल्लो अवस्था हेर्दा चुनाव पछि केहि कार्यकर्तामा निराशा हावी भएको देखिए पनि नयाँ शक्तिको विकल्प नरहेको बताउदै आएका छन् । देवेन्द्रले राजनिति बेइमानी गरे रुपान्तरण हुन नसकेपछि फर्किएका हुन् उनहिरुले आरोप लागाए । अहिले कै अवस्थामा पौडेल सँग एक जना पनि नयाँ शक्ति छोड्ने देखिएको छैन ।

नेतृ कल्पना धमलाले देवेन्द्र पौडेलको वहिर गमनलाई लक्षित गर्दै आफ्नो समाजिक सन्जालमा लेखिकि छिन् ।

साथीहरु सजिलो त अरुहरु हिडिरहेका बाटो मात्र हुन्छ। हामी नयाँ बाटो निर्माण गर्दै छौं जटिलता छन्। जटिलता सामना गर्न सक्नेले मात्र इतिहास निर्माण गर्न सक्छ। हरेस नखाउँ । सुखमा मात्तिने र दुःखमा आत्तिने होइनकि बिबेकपुणॅ ढङ्गले अगाडि बढौं। लक्षमा पुगिन्छ।

यस्तै युवा छलकपट विहिन विज्ञान र प्रविधिलाई जोड दिने नेता राजु नेपालले पनि आफ्नो समाजिक सन्जालमा लेख्छन्-

आफु त अलि लामै सोच बिचार गरेर नयाँ शक्तिमा लागेको परियो, ८-१० वर्ष दुख गर्ने आट छ । जो जान खोज्दैछ्न उनीहरुलाई मेरो भन्नु केही छैन । मैले नयाँ शक्तिमा लाग्दै गर्दा छिटै शक्ति शत्ताको सपना देखेको पनि थिइन । यो एक बर्षमा चकाचौंध हुन्छ भन्ने नि लागेको थिएन ।

डा. बाबुराम भट्टराईले देवेन्द्र पौडेलसहित १५ जना नेताहरुलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्काशन गरेपछि देवेन्द्र पौडेल, वामदेव क्षत्री, मुक्ति प्रधान, महेन्द्र पाशवान, बलावती शर्मा, पासाङ शेर्पा, कुमार पौडेल, सुशीला श्रीपाली, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौंलागाईँ, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवारलाई भट्टराई माओवादी केन्द्र  प्रवेशको अन्तिम तयारीमा जुटेका छन् ।