धादिङका तीन ठुला पार्टीका जिल्ला नेता पोखराको तीन कार्यक्रममा

Avatar photo
Dhadingpost
शनिबार, भदौ ३, २०७४

धादिङ साउन ३ । धादिङ जिल्लाका तीन ठुला दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु पोखरामा भएको तीन कार्यक्रममा सहभागि भएका छन् ।

शनिबार पोखराको छुट्टा छुट्टै स्थानमा धादिङबाट पोखरा गई विभिन्न पेशा व्यवसायमा अवद्धता रहेका आफ्नो पार्टी नीकट सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमा तीन ठुला दलका जिल्ला नेताहरु छुट्टा छुट्टै तीन कार्यक्रममा सहभागि भएका हुन् ।

नेकपा एमाले धादिङ–पोखरा सम्पर्क मन्चको १६ औ बार्षिक साधारण सभा तथा ५ औ अधिबेशन एवम् सामुहिक दर खाने कार्यक्रममा एमाले धादिङका नेताहरु राजेन्द्रप्रसाद पाण्डे, संसद गुरु बुर्लाकोटी, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगननाथ नेपाल लगायतका नेता सहभागि थिए ।

नेपाली काँग्रेस धादिङ–पोखरा सदनले गरेको जनप्रतिनीधि सम्मन तथा तिज विशेष कार्यक्रममा नेपाली काँग्रेस धादिङका निवर्तमान अध्यक्ष रामनाथ अधिकारी, जिल्ला सभापति रमेश धमला नीलकण्ठ नगरपालिकाका मेयर भिम ढुङ्गाना लगायतका नेताहरु सहभागि थिए ।

यस्तै नेकपा माओबादी केन्द्र पोखरा–धादिङ समन्वय समितिको हरितालिका तिजको शुभकामना तथा भेटघाट कार्यक्रममा माओवादी केन्द्रका नेता पुष्पविक्रम मल्ल, शालिकराम जम्कट्टेल, मनराज भण्डारी लगायतका नेता सहभागि थिए ।

नेपाली काँग्रेस धादिङ–पोखरा सदन तिज कार्यक्रम पछि अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले धादिङ-पाेखरा सम्पर्क सदनकाे सभापतिमा लालप्रसाद पाठक, विरिष्ठ उपाध्यक्षमा यादु प्रसाद ढकाल, उपाध्यक्षद्वयमा टेकबहादुर थपलिया र इन्द्र बहादुर अधिकारी, सचिवमा माधव लम्साल, सहसचिवमा नारायण दुवाडी, सीता श्रेष्ठ र वेणु पण्डित, काेषाध्यक्षमा किशाेर भट्ट, सहकाेषाध्यक्षमा देवराज अर्यालका साथै कार्य समिति सदस्यहरूमा लालकाजी श्रेष्ठ, लालकाजी श्रेष्ठ, लालबहादुर घले, हरिकृष्ण सिटाैला, राकेश श्रेष्ठ, राजु थापा, शान्ता धरेल, कुमार पन्त र भरत कडरिया निर्वाचित हुनुभएकाेमा

धादिङका ठुला तीन दलका जिल्ला नेताहरु तीन कार्यक्रमा एकै दिन सहभागि भएको भएको बताइएको छ ।