बार्सिलोना आक्रमण तेह्र जना मारिए

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २, २०७४

बार्सिलोना भाद्र २ । स्पेनको प्रहरीले बार्सिलोनामा नियतबस मानिसहरुको भीडमा भ्यान कुदाएको ड्राइभरको खोजी गरिरहेको बताएको छ ।
उक्त घटनामा कम्तीमा तेह्र जना मारिएका छन् र एक सय भन्दा बढी घाइते भएका छन् ।

बार्सिलोनाको सबभन्दा प्रख्यात पर्यटकीय क्षेत्र लस र्यामब्लासमा तीब्र गतिमा बाङ्गोटिङ्गो गाडी जोताइँदा बाटोमा मानिसहरु ढलेका थिए र ज्यान जोगाउन भागदौड मच्चिएको थियो ।

स्पेनका प्रधानमन्त्री मारियानो राजोयले जिहादी आतंकवादलाई दोष जाने बताए। बार्सेलोना आक्रमण इश्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ ।

पछिल्लो तेह्र महिनामा आइएसले लण्डन, स्टकहोम सहितका युरोपेली शहरहरुलाई निशाना बनाउँदै आएको बिबिसिले जनाएको छ ।