पत्रकार महासंघको चुनावी मैदानमा उत्रिए राठौर

Avatar photo
Dhadingpost
बुधबार, साउन ३२, २०७४

नरेश राना ।
अरुका समाचार लेख्ने नेपालका पत्रकारहरु यतिवेला आफनै संगठनको निवाचनमा जुटेका छन् । विभिन्न निर्वाचनले पटक पटक सर्दै आएको महासंघको २५ औं महाधिवेसन भदौ ४ र ५ गते काठमाण्डौंमा आयोजना हुदैंछ ।

कान्तिपुर दैनिकका पत्रकार हरिहर राठौर यस पटकको पत्रकार महासंघको चुनावी मैदानमा छन् ।

विगत २५ वर्ष देखि अनवरतरुपले कान्तिपुर दैनिकमा कार्यरत राठौरलाई पत्रकारिता क्षेत्रमा चिनाई रहनु पर्ने नाम हैन । जनयुद्धकालिन अवस्था देखि निकै चर्चित र साहसी फोटो पत्रकार राठौर दैलेखमा माओवादी द्धन्दको चरम कालमा ९ वर्ष दैलेख र हाल ३ वर्ष देखि भुकम्प अति प्रभावित धादिङ जिल्लामा कार्यरत छन् । जनयुद्धकालिन अवस्थामा निर्भिक, द्धन्द पत्रकारका रुपमा परिचित राठौर विनाशकारी भुकम्पका वेला पनि चर्चित थिए ।

तत्कालिन शाही सेनाले दैलेखमा २ पटक हिराशतमा राखेको थियो । शाही नेपाली सेनाले राठौरलाई अनाहकमा पक्राउ परेको विरोधमा दैलेखी १८ जना पत्रकार तथा मानवाधिकारकर्मीहरुले पत्रकार वस्न नसक्ने जिल्ला घोषणा गरि चटककै जिल्ला छोडे पछि अन्र्तर्राष्ट्रिय रुपमै वहस भएको थियो । राठौरलाई रिहागर्न कान्तिपुरको सम्पादकिय टिम र संयुक्त राष्ट्रसंघीय मिशनले मुक्त गराएको थियो ।

तत्कालिन अवस्थामा द्धन्दग्रस्त सवै जिल्लाहरु घुमेर फोटो र समाचार संकलन गरि सकेका राठौर देशका ७० जिल्लाको यात्रा गरि सकेका छन् ।

प्रेस सेन्टरका गोविन्द आचार्यको अध्यक्षतामा नेपाल प्रेस युनियनले साझा उममेदवार तय गरेकोछ । वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल, महासचिवमा रमेश विष्ट र जनजाती सचिवमा दिपक थापा र खुल्ला सचिवमा रामप्रुसाद दाहाल को नाम सार्वजनिक गरेकोछ । आफनो भागमा परेका खुल्ला सदस्यको पदमा मध्यपश्चिमका विभिन्न जिल्लामा कार्यथलो वनाएका चर्चित पत्रकार हरिहरसिंह राठौरलाई पनि अघि सारेको छ ।

पुर्ण रुपले व्यवसायिक र कठोर संघर्षमा खरो रुपमा उत्रिएका पत्रकार राठौर प्रजातन्त्रसेनानी स्वर्गीय जगतप्रकाश जंग शाह स्मृती साहसिक पुरस्कार , गत साउन २७ गते डेकेन्द्र थापा स्मृती पुरस्कार पाई सकेका छन् भने कान्तिपुर दैनिकले उत्ृकष्ट सम्वाददाता, व्शिेष पुरस्कार, साहसिक पुरस्कारले पुरस्कृत गरि सकेकोछ ।

पत्रकारिता पेशामा लामो समय देखि संलग्न रहेर दैलेख, जाजरकोट, र विकट हिमालपारीको जिल्ला मनाङ्गमा राठौरकै पहलमा सामुदायिक रेडियो स्थापना गरिएका हुन् । देशभरका सामुदायिक रेडियोहरुको छाता संगठन एकोरावका उपाध्यक्ष समेत भैसकेका राठौरले धेरै युवाहरु लाई हौसला प्रदान गरि पत्रकार हुन अभिप्रेरित गरेका छन् । जस्को फलस्वरुप काठमाण्डौंका ठूला मिडिया हाउसहरु, रेडियो तथा टेलिभिजनहरुमा एक दर्जन पत्रकारहरु कार्यरत छन् ।

फोटो पत्रकारिता उनको विशेष रुची हो । दृश्य देख्न साथ क्याप्सन पनि फुराई हाल्ने राठौरका धेरै तस्वीरहरु प्रकासित हुने गरेका छन् । पत्रकारिताले मात्रै जिवन निर्वाह गरि रहेका राठौर पुर्ण व्यवसायिक पत्रकार मात्रै हैनन धेरै युवा पत्रकारका आदर्श समेत हुन् ।
श्रमजिवी पत्रकारको पारिश्रमिक पुर्ण लागु नभएको, अनुदानका लागी र सूचना विभागको परिचय पत्र लिन मात्रै नक्कली नियुक्ती र नक्कली पारिश्रमिक ले पत्रकारको मर्यादा झनै घटेको वताउदै पत्रकार महासंघलाई पुर्ण रुपले व्यवसायिक पत्रकारहरुको छाता संगठन वनाउनु पर्ने धारणा राख्छन् ।

आफनो संगठन लाई जिताउन अस्वस्थ प्रतिस्पर्धाले जस्लाई पनि महासंघको सदस्यता दिने प्रकृयाले सिम्हालिनै नसक्ने विकृती मौलाएको वताउदैं राठौरले घाटामा गएका रेडियो र जिल्ला वाट संचालित अनलाईन पोर्टल हरुमा कार्यरत पत्रकारहरुको वृत्ति, विकास दक्षता वृद्धि र आर्थिक विकासमा लाग्नु पर्ने वताए ।

पत्रकारहरुको छाता संगठनमा वहुसंख्यक पत्रकारहरुनै विजयी हुनु पर्ने भन्दै आफनो उम्मेदवारीमा मतदान गर्न कुनै पनि संगठनका पार्षद साथीहरुले हात कमाउदैन्न भन्ने धारणा राख्छन् । विशेष गरि मध्य र सुदुरपश्चिमका पार्षद साथीहरुले आफनो उम्मेदवारीलाई विशेष चासो लिएको राठौर वताउंछन् ।