गैरआवासिय नेपाली मञ्च बेल्जियमको चुनाव सेप्टेम्बरमा

Avatar photo
Dhadingpost
बुधबार, साउन ३२, २०७४

बेल्जियम साउन ३२ । गैरआवासिय नेपाली मञ्च समन्वय परिषद, बेल्जियमको छैठौँ अधिवेशन विधान संशोधन गर्दै उद्घाटन सत्र सकिएको छ । अधिबेशनको कर्यसमिति छनौट सेप्टेम्बरमा हुने चुनाव पछि मात्र सकिएको औपचारीक घोषणा हुनेछ ।

मञ्चका अध्यक्ष गंगाधर गौतमको सभापतित्व र नेपाली राजदुतावास बेनेलक्सका कामु राजदुत सुधीर भट्टराइको प्रमुख आतिथ्यमा बेल्जियमको लुभेनमा गत आइतबार विधान सम्सोधन गर्दै अधिवेसनको उद्घाटन सत्र सम्पन्न भएको हो ।

अधिवेसनले नेपालमा आइपरेको बाढीको विपत्तिप्रति दुःख प्रकट गर्दै बाढीपीडितका लागि १९ लाख नगद उठाइएको जानकारी दिइयो । यस रकमको कोषमार्फत् एक परोपकारी सामाजिक अभियानको थालनी गर्दै विपत्ति परेको बेला एकजुट भएर पीडित नेपालीको राहतको लागि थप आह्वान समेत अधिवेसनले गरेको छ ।

बन्दसत्रले केहि संसोधनसहित विधान पारित गर्यो भने सबै प्रतिवेदनहरु पनि हलको अनुमति लिएर परिमार्जनसहित पारित गर्यो । बन्दसत्रले पुरानो समिति विघटन गर्दै निर्वाचनआयुक्त जानकी गुरुङसहितको निर्वाचन समितिलाई चुनाव नहुन्जेल संगठनको सम्पूर्ण अधिकार प्रत्यायोजन गरेको थियो ।

लग्जेम्बर्गका अध्यक्ष नारायण गुरुङदेखि आदिवासी महासंघका बाबुराजा महर्जन, सोहि संस्थाका पुर्वआइसीसी तथा पर्यटनदूत शिवकुमार बरुवाल, ब्यावसायी संघ बेल्जियमका अध्यक्ष सिपी भट्ट, प्रवासी नेपाली समाजका अध्यक्ष तथा अनेसासका पुर्वअध्यक्ष दिपेन्द्र केसी, प्रगतिशील मोर्चाका अध्यक्ष मेख गुरुङ, संघीय समाजवादी समाजका महासचिव लोक राना, प्रवासी नेपाली मञ्चका बोधराज पौडेल, नेपालबाट आएका भुवन घिमिरे पण्डित, जन प्रगतिशील मंचका अध्यक्ष जित लामा, जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सिता सापकोटा, पुर्वएनआरएनए अध्यक्ष आइसीसी सदस्य जानकी गुरुङ तथा आइसीसी सदस्य नेत्र मगर लगायतले आफ्नो समीक्षात्मक टिप्पणीसहित सम्मेलन सफलताले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

चुनाव सेप्टेम्बरमा हुने भएपनि मत माग्ने क्रम जारी रहेको उक्त अधिवेशनमा महासचिव लोक दाहालले कार्यक्रम संचालन तथा रुलिङ गर्दै सांगाठनिक प्रतिबेदनबारे व्याख्या र हलको सुझाबको टिप्पणी गर्नु भएको थियो । चुनावको लागि सहमतिको प्रयास अन्त्य भैसकेको छैन, यदि चुनावी प्रक्रियामा गहि हाल्यो भने अध्यक्षका उम्मेदवार धादिङ बुढाथुमका लोकदाहालको पक्षमा माहौल बन्दै गरेको अधिवेशनमा सहभागि एक सदस्यले बताए ।