मानव टाउको नै प्रत्यारोपण हुने

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३१, २०७४

एजेन्सी । हामीले पुराणमा भगवान गणेशको शरिरमा हात्तीको टाउको जोडिएको कथा त सुनेका छौं । यो अवधारणालाई वास्तविक दुनियाँमा साकार गर्नको लागि इटालीका एक वैज्ञानिकले काम गरिरहेका छन् । यदि सबै कुरा योजनाअनुसार नै रह्यो भने यसै वर्षको डिसेम्बरमा ह्युमन हेड ट्रान्सप्लान्टको सपना वास्तविकतामा बदलिन सक्छ ।

कसले गर्नेछन् त मानव टाउको प्रत्यारोपण ?

इटालियन न्यूरो सर्जन सर्जियो क्यानाभेरो यो हेड ट्रान्सप्लान्ट गर्न गइरहेका छन् । उनको दावी छ कि उनले ३० वर्ष यो प्रक्रियामा रिसर्च गरेका छन् र अब आधुनिक मेडिकल साइन्सको मद्धतले उनी दुनियाको पहिलो ह्युमन हेड ट्रान्सप्लान्ट गर्नको लागि तयार हुनेछन् । यो ट्रान्सप्लान्ट ३१ वर्षका रसियन प्रोग्रामर भालेरी स्पिरिडोनोभमाथि गरिनेछ ।

उनी एक गम्भिर रोगको कारणले हिँडडुल गर्न र चल्न नसक्ने भएका छन् । उनले यस ट्रान्सप्लान्टका भोलेन्टियर बन्नको लागि सहमति दिएका छन् ।

ट्रान्सप्लान्टमा भालेरीको टाउको काटेर उनको शरिरबाट अलग गरिनेछ र उनको जस्तै नै कद काँठी र दोस्रो अनुकुल विशेषता भएका अर्को कुनै ब्रेन डेड व्यक्तिको शरिरमा लगाइनेछ ।

कसरी गरिने छ त टाउको प्रत्यारोपण ?

डाक्टर सर्जियोले ह्युमन हेड टान्सप्लान्टको यो पुरै प्रक्रियालाई दुई भागमा बाँडेका छन् । पहिलो प्रक्रियालाई उनले नाम दिएका छन् कि ‘हेवन’ र त्यस पछिको प्रक्रियामा रहेको छ ‘जेमिनी’ । यसको लागि दुई टिम बनाइने छ जसले डोनर र रिसिभरमाथि एकैसाथ काम गर्नेछन् । दुवै प्यासेन्टको गर्धनमा गहिरो चिरा लगाएर आर्टरीहरु नशा र स्पाइनललाई बाहिर निकालिने छ र जसरी इलेक्ट्रीक तार जोडिन्छ उसैगरि मांशपेशीलाई जोड्नको लागि कलर कोड बनाइने छ ।

प्यासेन्टको गर्धन काट्नको लागि दुई लाख डलर मुल्यको डायमन्ड न्यानो ब्लेडको प्रयोग गरिनेछ । यो न्यानो ब्लेड युनिभर्सिटी अफ टेक्सासले उपलब्ध गराउने छ ।

दुवै प्यासेन्टको गर्धन काटिएको एक घन्टा भित्रै भोलेन्टियरको गर्धनलाई डोनरको शरिरमा जोड्ने प्रोसेस सुरु हुनेछ । डोनरको शरिर जिँउदो राख्नको लागिउसलाई ट्युवको माध्यमबाट ब्लड सर्कुलेसन गराइनेछ । रगतको नलिमा १५ देखि ३० मिनेट सम्म विशेष किसिमको ग्लु लगाइनेछ र कच्चा टाँका लगाइ दिइने छ । सबै नशाहरु र स्पाइनल कर्डलाई कोडिङ र मार्किङको हिसाबले जोडिनेछ । एक विशेष प्लाष्टिक सर्जन छालालाई सिलाउन र जोड्ने काम गर्नेछन् । पुरै प्रक्रियापछि नयाँ बन्ने शरिरलाई तीनदिन सम्म सर्भाइकल कोलर लगाएर आईसीयुमा राखिनेछ ।

खर्च, समय र म्यानपावर

यो अप्रेशन प्रक्रियामा लगभग ३६ घन्टा लाग्नेछ । पुरै अपरेशनको लागि करिब २० मिलियन डलर अर्थात दुई अरब नेपाली रुपैंयाँ भन्दा बढि लाग्ने सम्भावना रहेको छ र यसमा लगभग १५० जना मानिसहरुको टिमले काम गर्नेछ जसमा डाक्टरहरु, नर्स, टेक्नेसियनहरु, साइकोलोजिस्ट र भर्चुअल रियालिटी इन्जीनियर्स पनि समावेश हुनेछन् ।

कहाँ हुनेछ अपरेशन ?

अहिलेसम्म अपरेशनको लागि कुनै देश वा अस्पतालको तय गरिएको छैन् तर सर्जन क्यानभेरोको अनुसार उनी इंग्ल्याण्डमा यो अपरशेन गर्न चाहन्छन् किनभने त्यहाँउनलाई भरपूर समर्थन मिलिरहेको छ ।

यदि कुनै कारणले इंग्ल्याण्ड सरकारले इजाजत दिएन भने उनी फेरि कुनै अर्कै देशमा अपरेशन गर्नेछन् । यो कुराको सम्भावना छ कि डाक्टर क्यानभेरो आफ्नो चाइनिज सहयोगी डाक्टर रेन जियाओपिङको साथमा मिलेर चीनमा यो अपरेशन गर्नेछन् । डाक्टर रेन जियाओपिङले एक वर्षअघि बाँदरको टाउको ट्रान्सप्लान्ट गरेका थिए र उनले डाक्टर केनाभेरोको साथमाखमिलेर हजार भन्दा अधिक मुसामा यस खालको प्र्रयोग गरिसकेका छन् ।