हंगकंगसंग सँग खेल्न नेपाली टोलिको घोषणा

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३१, २०७४

काठमाडौं । आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हंगकंगसंग यही अक्टोबर १३ र १५ तारिक हंगकंगमा खेलिने २ खेलको लागि २५ सदस्यीय प्रारम्भिक टोलिको घोषणा गरिएको छ l

१ बर्ष अबधिमा बिभिन्न प्रतियोगिताहरुमा गरिएको प्रदर्शनको आधारमा टिम छनौट गरिएको बताईएको छ l टिम छनौट रास्ट्रिय प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्काको नेतृत्वको छनौट समितिले गरेको हो l

सौरभ खनाल
घोषणा गरिएको प्रारम्भिक टिममा प्रधानमन्त्री कपमा उत्कृस्ट ब्याट्सम्यान घोषित भएका सौरभ खनालले स्थान बनाएका छन् l यस्तै प्रधानमन्त्री कपमा शतकीय इनिंग खेलेका हसिम अन्सारीले पनि अन्तिम २५ मा नाम लेखाएका छन् l

यस्तो छ टिम
पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, सुशील कंडेल, शक्ति गौचन, नरेश बुढायर, अविनाश कर्ण, ललित सिंह भण्डारी , सन्दिप लामिछाने, बिक्रम सोब, मेहबुब आलम, सौरभ खनाल, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दिलिप नाथ,आरिफ शेख ,हसिम अन्सारी,सुशन भारि, सागर पुन, दिपेन्द्र ऐरी, सुनिल धमला, बसन्त रेग्मी,करन केसी,बिनोद भण्डारी र सोमपाल कामि रहेको wicketnepal ले समाचार लेखेको छ ।