युवा संघ नेपाल नीलकण्ठमा किरण पाठक

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३१, २०७४

धादिङबेसी साउन ३१ । नेकपा एमाले नीकट युवा संघ नेपाल नीलकण्ठको अध्यक्षमा किरण पाठक चयन भएका छन् ।

नेकपा एमाले धादिङका जिल्ला अध्यक्ष भुमी त्रिपाठीको प्रमुख आतिथ्यतामा सोमबार धादिङबेसीमा सम्पन्न नगर सम्मेलनले किरण पाठकलाई नगर अध्यक्षमा चयन गरेको हो ।

युवा संघ नेपाल निलकण्ठ नगरपालिका धादिङको प्रथम सम्मेलन उद्घाटन गर्दै प्रमुख अतिथि त्रिपाठीले युवा संघ नेपाल सम्पूर्ण युवाहरुको प्रतिनिधित्व गर्ने संगठन भएकोले गतिशिल समाज विकासमा महत्वपूर्ण भुमिका हुने बताउनु भएको थियो । सम्पूर्ण पार्टी पंतीलाई तराईका वाढी पिडितहरुको सहयोगार्थ लाग्न अनुरोध गर्नुभएको थियो ।

यस्तो छ नीलकण्ठ नगरपालिकामा युवा संघको नव गठित कार्य समिति

अध्यक्ष किरण पाठक
उपाध्यक्ष प्रदिप शाह
सचिव सुदिप अर्याल
सह सचिव अर्जुन श्रेष्ठ
कोषाध्यक्ष सुनिता लम्साल
सदस्यहरुमा
सुस्मिता तामाङ, सुजना रिजाल, पुष्पा थापामगर, भिमसेन गुरुङ, किरण लगुन, विमला थापा, गणेश थापा, मेघराज मगर, जनक राना, खेमराज श्रेष्ठ, सुदिप अधिकारी, सुर्य प्रसाद थपलिया, सुदिप भट्ट, राजकुमार थापा, शिव सापकोटा, भुवन सापकोटा, किरण, लक्ष्मी गोतामे, चुन गुरुङ, प्रमिला लम्साल, रविना श्रेष्ठ, विष्ण थपलिया रहेका छन् ।