बाढी पहिरो पिडितको लागी युएईमा राहत संकलन सुरु

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३१, २०७४

उत्तम बिक,
युएई साउन ३१ । नेपाली जनप्रगतिशील मञ्च युएईले हालसालै नेपालको बिभिन्न जिल्लामा परेको अबिरल बर्षाको कारण आएको बाढी, पहिरोको चपेटामा परेकाहरुको सहयोगार्थ राहात स्वरुप आर्थिक संकलन शुरु गरेको छ ।

नेपाली जनप्रगतिशील मञ्च युएईका केन्द्रिय कोषाध्यक्ष सुशान आचार्यको संयोजकत्वमा राहत संकलन समिति बनाई राहत रकम संकलन शुरु भएको र हाल सम्म झन्डै नेपाली रुपैया दुईलाख पचासहजार जति रहम संकलन भैसकेको साथै आर्थिक जम्मा हुने क्रम जारि रहेको आचार्यले बताए ।

महिलाहरुको महान चाड तिजको अबसर पारेर आगमी अगष्ट २५ का दिन तिज बिषेश कार्यक्रम मनाउने अन्तिम तयारीमा जुटेको मञ्चले नेपालमा भएको प्रकृतिक प्रकोपको बिपतिलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरि राहात संकलनमा जुटेको मञ्चका कार्यबाहक अध्यक्ष बाबुराम बिश्वकर्माले जानकारी दिएका छन ।

बिभिन्न समयमा स्वदेश तथा बिदेशमा दुख पाएका नेपालीहरुको समस्याहरुमा हातेमालो गर्दै आएको मञ्चले बाढी पहिरो पिडितको लागी स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुले आफुले सकेको सहयोग गरि बिपतको यस घडिमा सहयोग पु¥याउन नेपाल सरकार लगायत आम नेपालीहरुमा आग्रह समेत गरेको छ ।