नेपालकै तेस्रो ठुलो आयूर्वेदिक औषधी उद्योग धादिङ नलाङमा बन्दै

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३१, २०७४

सुशिला रिजाल
धादिङ नलाङ साउन ३१ ।
धादिङ नलाङका ४ जना युवाहरु मिलेर धादिङ सिद्धलेक गाउँपालिकामा नेपालकै तेस्रो ठुलो आयूर्वेदिक औषधी उद्योग संचालनमा ल्याउने भएका छन् । धादिङ नलाङ बैरेनीमा उद्योग संचालनको लागि भवन निर्माण गरि रहेका बुद्धिमान शाक्य, ईश्वर सिलवाल, रुद्र भट्ट र रुक्मन राईले भवन निमार्ण कार्यको ६० प्रतिशत काम सकिएको बताए ।

सोलुसन हर्वल कम्पनी नामको साझेदारी फर्म दर्ता गरि काम अगाडी बढाएका यी ४ युवाले नलाङ बैरेनीबाट १ किलोमिटरको मोटरबाटोबाट पुगिने सडक छेउमा ४ रोपनी जग्गा ५० लाखमा खरीद गरि भवन निर्माण सुरु गरेका छन् । लगानीको हिसाबले यो आयूर्वेदिक औषधी उद्योग नेपाल कै तेस्रो ठुलो उद्योग हो । भवन निर्माणको लागि रियल रिब्स कन्ट्रक्सनलाई ठेक्का दिएको र ६० प्रतिशत काम सकिएको बाँकी ४० प्रतिशद काम सकिएपछि उत्पादको काम सुरु हुने उनीहरुले बताए बताए ।

कुल १२ करोड लागत स्टमेट रहेको यस उद्योगले ०७५ साल बैशाख १ गतेबाट उत्पादन कार्य सुरु गर्ने र यस उद्योमा कम्तीमा पनि २०० भन्दा बढी लाई रोजगारीको अवसर प्रदान गरिने समेत संचालन सदस्य शाक्यले बताए । उद्योग संचालनमा आए पछि किसानले सक्ने छन् । जडिबुटी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ, हाम्रो खेतबारीका डिलमा फुल्ने गन्धे देखि पाखाका उम्रेर त्यति कै हराई रहेका चिराईदो, खोलाको किनारमा मिल्कि रहेका गुज्जरगानो बेचेर नै किसानले मनग्य आम्दानी गर्न सक्छन् ।

व्यवसायिक रूपमा गैरकाष्ठ जडिबुटीमा लोपन्मुख तथा बहुमूल्य रहेका चिराइतो, सतुवा, लोडसल्ला, किवि, सिम्खुदो, स्ट्रबेरि, दाते ओखर, नीमपत्ता, टिमुर, अम्बाको पात, कुरीलो लगायतका खेतीले अब व्यवसायीक रुप लिने समेत शाक्यले बताए । आफ्ना वरपिरीका कतिपय घरेलु औषधी प्रयोग गरेर हामीले धेरै लाभ लिन सक्छौँ । हामीले यहि सोचका साथ उद्योग संचालन गर्न लागेका हौं ।

प्रशोधन गर्ने मेशिन तयारी अवस्थामा छ सुरुमा हामी ईच्छुक कृषकलाई जडिबुटी खेती तालिम देखि अनुदानमा विऊ विजन वितरण गर्दछौ । हाम्रो जोड किसानले उत्पादन गरेका जडिबुटी प्रशोधन आयूर्वेदिक औषधी बनाई बजारीकरण गर्नु हो । बजार व्यवस्थापनको चुनौती समाधानका लागि यस कम्पनीबाट उत्पादित सामान नेपाल आयूर्वेद औषधी विभाग मार्फत नेपालभरी सरकारले खरीद गर्छ भने विदेशमा पनि विक्रि वितरणका लागि अनुमति लिएको छ । सरकारी मापदण्डमा बन्दै गरेको यस उद्योगलाई बैकले लोन दिएको छ ।

स्थानीय स्तरमा रहेका जडिबुटी खेतीलाई व्यवसायीक बनाउने र प्रशोधनका कृषक सँग उचित मुल्यमा खरिद गरिने छ । समग्र धादिङ र आसपासका जिल्लालाई जडिबुटीको पकड क्षेत्रको रुपमा विकास गर्ने उत्पादिन जडिबुटीहरुलाई उचित मुल्यमा खरिद गरि प्रसोधन पश्चात विषादी रहित जडिबुटी जन्य औषधीहरु उत्पादन तथा विक्रि गरिने शाक्यले बताउनु भयो । उद्योको सुरुको चरणमा ट्यावलेट, क्याप्सुल र चुर्ण, जडिबुटी तेल उत्पादन हुने र दोश्रो चरणमा उत्पादन हुनेमा लिक्यूड, कस्टमेटिक जस्ता सामान उत्पादन हुने बताईएको छ ।

फरक फरक व्यवसायीक पृष्ठभुमीका यी लगानी कर्ताः
१. बुद्धिमान शाक्य र रुक्मन राई विगत केहि ८ वर्ष पहिले देखि नै आयूर्वेदिक औषधी  उत्पादन तथा विक्रि गर्दै आएका व्यवसायी हुन् उनीहरुले काठमाडौ स्थित कलंकीमा व्यवसाय गर्दै आई रहेका छन् ।
२. इश्वर सिलवाल अहिले निमार्ण व्यवसायी हुन्, केहि वर्ष पहिला आईटीमा अब्बल मानिएका सिलवाल अहिले निमार्ण व्यवसायलाई अंगाली रहेका छन् । व्यवसायीक प्लान र जनसम्पर्कलाई महत्व राख्ने सिलवाल यो पछिल्लो चरण यस उद्योग संचालनका लागि आफ्नो नयाँ अनुभव भएको बताउँछन् ।
३. रुद्र भट्ट काठमाडौ ठमेलमा रहेको एक सुपरमार्केटको म्यानेजर हुन् । हामीे केहि उदाहरण्ीय काम गर्ने सोचमा गुग्यौ, हाम्रो कामले रोजगारी पनि सृजना होस् र धादिङको जडिबुटी बाहिर जाने वा त्यतिकै खेर जान नदिने मनसायले उद्योग संचालन गर्न लागेका हौ व्यापारमात्र गर्ने भन्दा पनि जडिबुटी प्रशोधन गरी  आयूर्वेदिक औषधी उत्पादन गरि विक्रि वितरण मुख्य उद्धेश्य हो भट्ट बताउँछन् ।

आयूर्वेदिक औषधीका लागि जडिबुटी निर्यात प्रत्येक वर्ष बढ्दै जाँदा नेपालमै यसको उद्योगको ठूलो सम्भावना रहेको छ । नेपालमा प्रशोधन केन्द्रले देशको औद्योगिक करणमा सघाउ ठूलो संख्यामा रोजगारीको अवसर पनि सिर्जना सकिने हुनाले यो कामको सुरुवात गरिएको समेत भट्टले बताए ।