प्राविधिक शिक्षामा जोड् दिन आवश्यक

Avatar photo
Dhadingpost
सोमवार, साउन ३०, २०७४

धादिङ जिल्लाको उत्तरी क्षेत्र पहाडी हिमाली गाउँपालिकाका मानिसहरूलाई प्राविधिक शिक्षा अति आवस्यक छ । किनभने सबै पाहाडी भेगमा सबै मानिसहरू कृषिमा आश्रित छन् ।

यसरी पहाडी भाग हिमाल सँग जोडिएको गाउँपालिकाहरूमा प्राविधिक शिक्षा दिएर कृषि तथा जडिबुटीको बारेमा प्राविधिक ज्ञान हुनु अत्यवस्य छ । जडिबुटी चिन्न सक्ने र यसको उपयोगिताको बारेमा प्राविधित शिक्षा ज्ञान तालिम ट्रेर्निङ दिन सकियो भने बर्षौ देखि वनमा पाहाडमा त्यतिकै दुरूपयोग भई रहेको जडिबुटी तथा वन पैदावारको पनि सदुपयोग हुनको साथै रोजगारी समस्या पनि केहि हद सम्म समाधान हुनुको साथ मुलुकको आर्थिक सम्बृद्धिलाई ठुलो टेबा पुग्ने देखिन्छ ।

धादिङको गंगाजमुना गाउँपालिका पुरा पाहाड र हिमाल संग जोडियको उत्तरी क्षेत्रमा पर्ने एक प्रमुख गाउँपालिका हो । त्याहा हरेक प्रकार जडिबुटी तथा वन पैदावारलाई मात्र ध्यान दिन सकियो भने यो जिल्लालाई सम्बृद्ध बनाउन सकिन्छ भन्नेमा कसैको दुईमत नहोला । याहाँ हरेक प्रकारको जडिबुटी पाउन सकिन्छ चिराईतो देखि निरमसी एक औले पाँचऔले जस्ता अमुल्य जडिबुटी पाईन्छ त्यसलाई चिन्न र उपयोग मा ल्याउनको लागी हामीलाई प्राविधिक ज्ञान सिपको आवस्यकता छ ।

वन पैदावार बास निगाला कागज बनाउने कच्चा पदार्थ र हरेक प्रकारको कच्चा सामानहरू पाईन्छ यसलाई चिनेर सदुपयोग गर्नको लागी सबै मानिसलाई प्राविधिक शिक्षा ज्ञान शिप र दक्षताको आवस्यकता पर्दछ । प्राविधिक शिक्षाबाट जडिबुटी उपयोगिता फाईदा चिन्ने तरिका संकलन स्टोरेज मार्केटिंग र विभिध ज्ञान दिएर स्वदेशमा लगानी रोजगार दिएर दक्षजनशक्ति तयार गर्न सकिन्छ ।

प्राविधिक शिक्षा अन्तरगत सबै कृषिमा सम्बन्धित बिषयहरू पशुपाल माछा पालन मोरी पालन बंगुर पालन कुखुरा पालन तथा आधुनिक ढंगको कृषि प्रणाली अपनाई दक्ष प्राविधक प्रशिक्षण गर्न सकियो भने हामी आफै सम्बृद्दि बन्छौ । यस्ता विविध बिषय वस्तुहरूमा हामीले रहेर काम गर्न सकियो भने हाम्रो देशमा हामी संगै भएको श्रोत र साधनको मात्र प्रयोग गर्न सकेको खण्डमा समुन्द्र पारि खाडी मुलुकमा आयर यसरी ४५–५० डिग्रीको होमिनु पर्ने हुँदैन ।

त्यसैले हामीलाई देशको भौगोलिक बनावट र हावापानी अनुसारको कृषिहरू गरेर कृषिलाई चाहिने सबै प्रविधिक भौतिक आर्थिक सामाजिक सहभागिता जुटाउन सकियो भने यो अति प्रभावकारी र उपयोगी हुन्छ । गंगाजमुना गाउँपालिका स्थित फुल खर्कका प्रविधिक शिक्षा सुरुभएको त छ तर यसलाई महत्वका साथ लिएको देखिदैन र यसलाई जिल्ला तहबाट सहयोग पनि हुन सकेको छैन । उत्तरी धादिङको एक मात्र प्राविधिक शिक्षलयहरुलाई व्यवहारिक बनाउने जोड सबै तिरबाट हुनु पर्छ ।

अबको आवश्यकता व्यवसाहिक प्राविधिक शिक्षा जोड दिन म सबैसामु अनुरोध गर्दछु आआफुनो ठाउँबाट सहयोग गर्न म आफु तयार रहेको जानकारी गराउँद छु । कुरा हैन काम, आजै बाट गरौ अरुको मुख तक्ने हैन आफैबाट आजैबाट सुरु गरौ ।