नयाँ शक्ति नेपाल धादिङको सम्मेलनको मिति तय

Avatar photo
Dhadingpost
सोमवार, साउन ३०, २०७४

धादिङबेसी साउन ३० । नयाँ शक्ति नेपाल धादिङको जिल्ला सम्मेलनको मिति तय भएको छ ।

नयाँ शक्ति नेपाल महिला विभाग प्रमुख कल्पना धमलाको प्रमुख आतिथ्यतामा आज धादिङबेसीमा सम्पन्न जिल्ला कार्यसमिति धादिङको वैठकले जिल्ला सम्मेलनको मिति तय गरेको हो ।

बैठकले आगमी कार्तिक १५ गते भित्र गाउँपालिका स्तरीय सम्मेलन सक्ने र २५, २६ र २७ कार्तिकमा जिल्ला सम्मेलन गर्ने मुख्य निर्णय गरेको हो ।

पार्टी विभाजनको मिडिया हल्लाको विषयमा कार्यकर्तालाई स्पष्ट पार्दै प्रमुख अतिथि धमलाले केहि पात्रहरु पार्टी छोड्ने मनस्थितिमा छन् । कोही जाँदा तरंगित भै हाल्नु पर्ने कारण छैन पार्टी संगठन संचालनको क्रममा कोही जान्छन् काम गर्न नसक्ने र संगठन भित्र वार्गेनिङ गर्नेहरु पाखा लाग्दा पनि केहि अफ्ठ्योरो नपर्ने बताउनु भएको थियो ।

धमलाले नयाँ शक्तिको विकल्प छैन, यो अरु जस्तो गोलमोटलको पार्टी हैन स्पष्ट कार्यदिशा अन्तरगत अगाडी बढेको पार्टी हो तरङ्गीत हुनुआवश्यक नभएको बताउनु भएको बैठकमा सहभागि एक सदस्यले धादिङपोष्टलाई बताए ।

वैठकमा नयाँ शक्ति नेपाल नीकट विद्यार्थीका केन्द्रिय इचार्ज राजु नेपाल, संघिय परिषद सदस्य रिम बसेल लगायतको आतिथ्यता रहेको थियो ।