धादिङ-पोखरा नेवि संघ गठन

Avatar photo
Dhadingpost
आइतवार, साउन २९, २०७४

धादिङ साउन २९ । धादिङबाट पोखरा गई विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुले धादिङ-पोखरा नेवि संघ गठन गरेका छन् । शनिबार पृथ्वीनारायण क्याम्पसमा भेला आयोजना गर्दै उनीहरुले धादिङ-पोखरा नेपाल विद्यार्थी संघ गठन गरेका हुन् ।

भेलाले धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका हरिकृष्ण सिटौला सभापति रहने गरि कार्यसमिति गठन गरेको छ ।

भेलामा नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क सदनका सभापति केदार धमलाले राज्यका हरेक निकायमा वामपंथीहरु हावी हुँदै गएको अवस्थामा यसलाई चिरेर अघि बढ्न नेविसंघका नेताहरुलाई आग्रह गरेका थिए ।

यस्तै भेला उद्घाटन गर्दै नेविसंघका केन्द्रीय सदस्य भानुभक्त ढकालले विद्यार्थीलाई पर्ने हरेक किसिमको सहयोग गर्न आफू र सिङ्गो नेविसंघ तयार रहेको बताएका थिए ।

को-को छन् ? नव गठित धादिङ पोखरा नेवि संघमा
उपसभापति- जानुका अधिकारी, धादिङ त्रिपुरासुन्दरी गाउँपालिका
सचिव- राकेश श्रेष्ठ,नीलकण्ठ नगरपालिका
सह–सचिव- सामना अधिकारी, ज्वालामुखी गाउँपालिका
र सुनिता देवकोटा, त्रिपुरासुन्दरी गाउँपालिका ,
कोषाध्यक्ष- सुरेन्द्र खाँड त्रिपुरासुन्दरी गाउँपालिका
सह–कोषाध्यक्ष- लक्ष्मी देवकोटा त्रिपुरासुन्दरी गाउँपालिका
सदस्यहरु
नविन थपलिया, राजु मगर, टीका गुरुङ, रीता लम्साल धमला, आलोक बानियाँ, हरिबहादुर श्रेष्ठ, सुविना मगर, शान्ति श्रेष्ठ, रिजन भुजेल र ज्योती ढकाल रहेका छन् ।