Dhading News
black rice

अर्जुन सिम्खडा अध्यक्ष रहेको जनसम्पर्क मन्च गठन


शनिबार, साउन २८, २०७४
धादिङ समाचार, मुख्य समाचार

धादिङ साउन २८ । माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीले राजनीतिक स्थिरता र बलियो कार्यकारी संस्था अनिवार्य भएकोले माओवादी केन्द्र कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको बताएका छन् ।

उपत्यका गंगाजमुना ५ संघिय जनसम्पर्क मन्चको प्रथम भेला उद्घाटन गर्दै चुनावमा कसैको पनि बहुमत नआउने र सरकार ढाल्ने र बनाउने खेलका कारण मुलुक आर्थिक समृतिमा जान नसकेको बताउँदै उपाध्यक्ष भण्डारीले उक्त कुरा बताएका हुन् ।

भण्डारीले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डा पहिलो संविधान सभाको निर्वाचन देखि नै उठाउँदै आएको र यो जनतामा समेत स्थापित एजेण्डा भएको समेत बताएका थिए ।

प्रथम भेलाले अर्जुन सिम्खडा अध्यक्ष ,सन्जु भट्टराई सचिब ,गोपाल थापा कोसाध्यक्ष रहेको १७ सदस्यीय गंगाजमुना ५ संघिय जनसम्पर्क मन्च गठन गरेको छ । यस मञ्चको लागि श्रीराम अधिकारी अध्यक्षमा सल्लाहकार समिति समेत गठन भएको छ ।

ऋषिप्रसाद नेपालले स्वागत मन्तव्य दिनु भएको भेलामा शंकर अधिकारी, नवराज अधिकारी, सेकेमान तामाङ, स्ट्री प्रसाद खनाल, नवराज दाहाल, सरोज न्यौपाने, नवराज पाण्डे, राजन अधिकारी, ठाकुर राज पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।

Loading...
  • अब ‘स्मार्ट’ लालपुर्जा

    अब ‘स्मार्ट’ लालपुर्जा

    काठमाडौं माघ ७ । सरकारले जग्गा र जग्गाधनीको विवरण समेटिएको पुरानो लालपुर्जा विस्थापित गरी ‘स्मार्ट लालपुर्जा’ कार्ड वितरण गर्ने गृहकार्य अघि बढाएको छ । पहिलेका लालपुर्जाको कागज गुणस्तरीय नभएको, मसी
  • वाम एकता बैंक मर्जर जस्तै

    वाम एकता बैंक मर्जर जस्तै

    काठमाडौं माघ ७ । संयोगै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक डा.
  • धादिङबेसीमा हाँस्य कलाकार र लोक गायकको वेजोड प्रस्तुती हुने

    धादिङबेसीमा हाँस्य कलाकार र लोक गायकको वेजोड प्रस्तुती हुने

    धादिङबेसी माघ ७ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा राष्ट्रिय स्तरका ख्याति कमाएका हाँस्य कलाकार तथा लोक कलाकारको वेजोड प्रस्तुती रहने भएको छ । सरस्वती पुजाका दिन एड्भान्स एकेडेमीले आयोजना गरेको
santosh