स्थानीय तह थप्ने तयारी

Avatar photo
Dhadingpost
शनिबार, साउन २८, २०७४

काठमाडौ‌‌, साउन २८ । नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर २ मा ९ वटा स्थनीय तह थप्ने गृहकार्य अघि बढाएको छ ।

यो संख्या थपिएपछि देशभरबा स्थानीय तहको संख्या सात सय ४४ बाटा बढेर सात सय ५३ हुनेछ ।

अब १० वटा स्थानीय तह थपिनेछन् । भने पर्साको एउटा गाउँपालिकालाई वीरगञ्ज महानगरपालिकामा गाभिनेछ । प्रदेश नम्बर २ मा हाल ७८ गाउँपालिका र ४९ नगरपालिका रहेकोमा संख्या र सिमाना हेरफेरसँगै ५९ गाउँपालिका र एक महानगरसहित ७७ नगारपालिका हुनेछ ।

सप्तरीमा बलान बिहुल गाउँपालिका थपिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।