लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङको साधारण सभा सकियो

Avatar photo
Dhadingpost
शनिबार, साउन २८, २०७४

धादिङ साउन २८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति धादिङको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

धादिङबेसी स्थित होट भ्यूको दोहरी साँझमा भएको वार्षिक साधारण सभाको उद्घाटन नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले गर्नुभएको थियो ।

साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि धमलाले मुलुक परिवर्तनका लागि कलाकारहरुको अतुलनिय भुमिका रहेको त्यसमा पनि जनजिब्रोको लोक कलाकारहरुको विशेष भुमिका रहेको बताउनु भएको थियो । राजनितिक संक्रमणले कलाकारहरु ओझेमा परेको स्वीकादै राजनीतिक हिसावले लोक संस्कृति बचाउने स्वरका धनीहरुलाई सहयोग गर्ने बताउनु भएको थियो ।

जिल्लाका कार्य समिति धादिङका अध्यक्ष हिमाल घलेको अध्यक्षतामा सम्पन्न साधारण सभामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल वाग्मती अंचल अध्यक्ष बासु सिंखडा, उपाध्यक्ष भरत बराकोटी, दितिय उपाध्यक्ष कृष्ण शिसिर बाग्मती अंचलका सल्लाहकार टिका कार्की लगायतको आतिथ्यता रहेको थियो ।