डा. केसी समर्थमा धादिङ गल्छीमा प्रदर्शन

Avatar photo
Dhadingpost
शनिबार, साउन २८, २०७४

धादिङ साउन २८ । आज चुप रहे भोली आफैलाई पर्न सक्छ, डा. गोविन्द केसीका जायज मागहरु तत्काल सम्बोधन गरियोस् भन्ने व्यानर सहित धादिङको गल्छीमा प्रर्दशन भएको छ ।

डा. केसीको मागको समर्थन गर्दै देश भर प्रदर्शन भई रहेको बेलामा ऐक्यावद्धता जनाउँदै धादिङका युवाहरुले प्रर्दशन गरेका हुन् भने धादिङ स्वस्थ्य समाजले विज्ञप्ती निकालेको छ । किन चाहियो यस्तो मान्छे देशलाई ? मर्न देऊ त्यो डा. गोविन्द केसीलाई जस्ता नारा देशभर लागि रहेको अवस्थामा सरकारले सकारात्मक बार्ता गर्न सकिरहेको छैन ।

स्वस्थ्य बिग्रदै गएपछि उनका समर्थहरु पनि बढेर गएका छन् । हाम्रो आन्दोलन केसीको माग पुरा नहुँदा सम्म जारी रहन्छ, यस आन्दोलनलाई सहयोग र समर्थन गर्न गल्छी हाइवे गुप्रले सबैलाई अनुरोध गरेको बैरेनीबाट सन्तोष अधिकारीले बताउनु भयो ।

धादिङ स्वस्थ्य समाजले निकालेको विज्ञप्ती