Dhading News
black rice

धादिङका माओवादी केन्द्रका कार्यकर्ता विना स्पष्टिकरण कार्वाही परे


शनिबार, साउन २८, २०७४
धादिङ समाचार, मुख्य समाचार

धादिङ साउन २८ । माओवादी केन्द्र धादिङका ६ जना कार्यकर्ता विना स्पष्टिकरण कार्वाहीमा परेका छन् ।

चुनावमा असहयोग गरेको आरोपमा कार्वाहीमा परेका भनिएका ति ४ जनाले आफुलाई स्पष्टिकरण समेत नसोधी सिधै गुटको आधारमा कारवाहि गरेको बताएका छन् ।

०६१ सालदेखि माओवादीमा आवद्ध र पार्टीको प्रचार मोर्चामा संहाली रहेका प्रेस सेन्टर धादिङका अध्यक्ष नरायण सिलवालले धादिङपोष्ट सँग कुरा गर्दै भने- कार्वाही गरेको कुरा एक अनलाइनमा समाचार आएपछि थाहा पाइयो, यसअघि न कुनै नेताले सोधे, न छानविन समिति बनाइयो, सिधै सचिवालयको बैठकले चुनावमा असहयोग गरेको भन्दै कार्वाही गरेको अनलाईनबाट जिल्ला सचिव विजय वर्लाकोटीले समाचार प्रकाशित गरे छन् ।

उनले भने- चुनावमा असहयोग गर्यो भन्ने बहाना मात्र हो, कारण गाइजात्राको दिन धादिङको सुचक सन्देशमा आएको गाईजात्रे विशेषङ्कमा कडा व्यग्यले रुष्ट बन्दै कार्वाही गरेका हुन्, माओवादी केन्द्रलाई भोट नहाल भनेर एकजना कसैलाई भनेको उदाहरण पेस गर्न समेत जिल्ला अध्यक्षलाई चुनौति दिए । नत्र एक पटक कुनै नेताले पनि तपाईको विषयमा यस्तो कुरो आयो भनेर एक पटक फोन गर्न सक्थे त्यो पनि गरेनन् ।

यस्तै वाइसिएल धादिङका अध्यक्ष राजेश अधिकारी वाइसिएल केन्द्रको अधिवेशन तयारीमा थिए, वाईसिएल धादिङको वैठकले केन्द्रिय सदस्यको लागि जिल्ला अध्यक्ष्यलाई केन्द्रिय सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो, उनलाई पनि एक पटक स्पष्टिकरण नसोधि कारवाही गरिएको बताए ।

यस्तै कार्वाही पर्नेमा वाईसिएल जिल्ला उपाध्यक्ष तथा पूर्व जनमुक्ति सेना लक्ष्मण रम्तेल नुर कुमार थापा, कृण कुमार श्रेष्ठ रहेका छन् । यस्तै सचिवालयको बैठकले हरि विश्कर्मा र विष्णु श्रेष्ठलाई चुनावमा सहयोग नगर्नुको कारण स्पष्टिकरण सोध्ने निर्णय गरेको एक अनलाईनले समाचार लेखेको छ ।

Loading...
  • अब ‘स्मार्ट’ लालपुर्जा

    अब ‘स्मार्ट’ लालपुर्जा

    काठमाडौं माघ ७ । सरकारले जग्गा र जग्गाधनीको विवरण समेटिएको पुरानो लालपुर्जा विस्थापित गरी ‘स्मार्ट लालपुर्जा’ कार्ड वितरण गर्ने गृहकार्य अघि बढाएको छ । पहिलेका लालपुर्जाको कागज गुणस्तरीय नभएको, मसी
  • वाम एकता बैंक मर्जर जस्तै

    वाम एकता बैंक मर्जर जस्तै

    काठमाडौं माघ ७ । संयोगै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक डा.
  • धादिङबेसीमा हाँस्य कलाकार र लोक गायकको वेजोड प्रस्तुती हुने

    धादिङबेसीमा हाँस्य कलाकार र लोक गायकको वेजोड प्रस्तुती हुने

    धादिङबेसी माघ ७ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा राष्ट्रिय स्तरका ख्याति कमाएका हाँस्य कलाकार तथा लोक कलाकारको वेजोड प्रस्तुती रहने भएको छ । सरस्वती पुजाका दिन एड्भान्स एकेडेमीले आयोजना गरेको
santosh