Dhading News

धादिङका मल्ल फेरि चर्चामा नेपाललाई ४ स्वर्ण दिलाए


बिहिबार, साउन २६, २०७४
खेलकुद, मुख्य समाचार

धादिङ साउन २६ । धादिङका ध्रुब विक्रम मल्ल राज्यले अवमुल्याङ्कन गरेको सफल प्रशिक्षक तथा खेलाडी हुन् । हरेक वर्ष नेपालका लागि इज्जत जोगाउने कराँते खेलमा मल्ल र उनको प्रशिक्षार्थी हुने गरेका छन् ।

साउथ एशियन कराते महासंघ (SAKF) को आयोजनामा श्रीलंकाको राजधानी कोलोम्बोमा ५ अगस्ट २०१७ मा सम्पन्न भएको “चौथो साउथ एशियन साफ कराते प्रतियोगितामा” नेपाललाई ४ स्वर्ण, ४ रजत, ११ कास्य गरि १९ पदक जिताउन पनि मल्ल सफल भए ।

बालाजु डोजो संचालन गरेर बसेका प्रशिक्षक मल्ल हरेक अन्तराष्ट्रिय कराँते प्रतियोगितामा चर्चामा आउने गर्छन् । सरकालले करोडौ लगानी गरेका प्रशिक्षक र खेलाडीलाई ओझल पादै व्यक्तिगत खर्चमा क्लवबाट अन्तराष्ट्रिय प्रतियोगिता जिताउँदै आएका उनै मल्लले यो वर्ष पनि नेपालका लागि ४ स्वर्ण ४ रजत ११ कास्य गरि १९ पदक दिलाए।

स्वर्ण पाउने ४ खेलाडी
१. एस्तर राई (६१ केजी तौल समुहमा श्रीलंकालाई पराजित गरि प्रथम)
२. मनिष थापा क्षेत्रि (पाकिस्थानलाई (५० केजी समुहमा पराजित गरि प्रथम)
३. राजिव पुडासैनी (६० केजी तौल समुहमा भारतलाई पराजित गरि प्रथम)
४. नबिन रसाइली (६७ केजी तौल समुहमा भारतलाई पराजित गरि प्रथम)

रजत पदक बिजेता खेलाडीहरु
१. संगीता तामांग (५५ केजी यु २१)
२.एस्तर राई सिनियर (६१ केजी)
३. रुपा महर्जन (यू२१–६८ केजी)
४. मनिष थापा ५० केजी यू२१)

कास्य पदक बिजेता खेलाडीहरु

सुनिल थिङ्ग -८४ केजी
दिवस श्रेष्ठ -८४ केजी,
नबिन रसाईली -६७ केजी,
राजिव पुडासैनी -६० केजी,
अनुपमा मगर -६८ केजी,
रुपा महर्जन -६८ केजी,
सुशिला तामांग सिनियर -५५ केजी,
मेलिना मगर -५९ केजी,
विजय श्रेष्ठ -५५ केजी,
सन्देश लामा -यू२१ र सिनियर ५५ केजीमा २ कास्य पदक प्राप्त गरेका थिए ।

Loading...
santoshdojer