Dhading News

कहिल्यै नटुङिगएको गाईजात्रा



पुष्पराज दुवाडी
धादिङ ।
सधै गाईजात्रे परिवेशमा हुर्किएको हर नेपालीलाई गाईजात्रा मनाइरहनु पर्ने त होइन । तर पनि भित्तामा झुन्डयाइएको पात्रोले प्रत्येक साल गाईजात्राको तिथि मिति तयार गरेको वखत अझ भनु महा गाईजात्रा मनाउनुको खास महत्व हुदोहोला ।

हर नेपाली एक सानो घर, मनपरेका प्रिय मान्छे बिहान खाए पछि साझ खानको लागि सुनिश्चितता भए अरु केहि खोज्दैनथे । यी उल्लेख गरिएका चीजहरु प्राप्त हुने आशले हर व्यक्ति विभिन्न वादमा अल्झिएका छन् । एउटाले अर्काेकोे वादलाई नराम्रो देखाई आफ्नै वादमा जनसङख्या बढाउन उद्धत देखिन्छन् ।

जीवनका लगभग तीन दशक यहि गाईजात्रे माहोलमा बिताएको यस स्तम्भकार यहि स्थितिमा रहि रहँदाको गाईजात्रा सुनाउन अनुमती चाहन्छ । हामीले विगतमा गरेका राजनैतिक परिवर्तन, अभ्यास तमाम आकांक्षाहरु माथि तीनकै ठेकेदारहरुबाट, आज देश गाईजात्रामय भएको छ । व्याज, भष्टाचार, अनैतिक बन्दै गएको समाज, पथभ्रष्ट राजनैतिक दलका नेताहरुको कृपाले आज पनि कोहि नेपाली अमन चयनसाथ जीउन पाएको छैन । जन्मेर जान्ने भए देखि लगभग आज तीन दशक सम्म यहि अस्थिरता, राजैतिक खिचातानी सत्ताका लागि गरिने तिकडम, शक्ति र पैसाको आडमा गरिने प्रपन्च भन्दा अरु केहि भोग्न पाइएन ।

यहाँ कोहि आफ्ना कारणले होइन अरुका कारणले देश र समाजले गति नलिएको भन्न रत्तिपनि अप्ठ्यारो मान्दैनन् । कर्तव्यवोधको कुरा कसैसँग नि भेटिन्न । भेटिन्छ त वस दोषारोपण मात्रै । घुस बिना सिन्को नभाच्ने कर्मचारीतन्त्र, व्याक्तिगत स्वार्थमा अल्झिएको दलिय सिन्डिकेट, गाउँमा दुइचार जनाको मनोमानीमा चलेको झरा टार्ने विकासका कार्य देख्दा एक समयका प्रखर लेखकले भनेझै प्लेनको झ्यालबाट ढुङगा हानेर परदेश भासिउँ जस्तो लाग्छ । यी त भए देशका कुरा । अब सुनौ त गामका कुरा ।

तपाई सहरमा बसेर सोच्दै हुनुहुन्छ होला । शहरका सडकमा खाल्डा भएनी घरमा एसी फ्यान चलेकै छ । दरबारमार्गसम्म पुगेर केफिसी, पिज्जाहटमा रमाइएकै छ । ठमेलका गल्लीहरुमा रातभर डुलिएकै छ । के छ र समस्या ? तर वास्तविक समस्या हेर्नु छ भने गाँउमा जानुस तीन महिना जसोतसो चल्ने धुले र हिले सडकको हाल, गाडी नचल्दा पसलेले बढाएको महंगो बजार भाउमा आफ्ना लालाबाला हुर्काइरहेको साइलो । अस्पताल जान नपाएर छटपटिएकी पल्लाघरे माइली । भुइचालोले ढलाएको घरछेउ छाप्रोमा रोइरहेका नानीबावु यी सबैलाइ हेर्नु अनि थाहा हुन्छ दुख ।

तीन वर्ष हुन लाग्दा नी न गुनासोले समेटेको न आवास अनुदानमा परेको नत कुनै एनजिओले हेरेको तल्लाघरे कान्छा (जुन पुख्यौली कहिल्यै पैसामा परिवर्तन नहुने) जग्गा जमिन लिएर खेती गर्न भारा पर्म दिने मान्छे नपाएर भएको खेत बाझो राखेर बसेको छ । गाँउमा कोहि बिरामी पर्दा अस्पताल पु¥याउने कोहि भेटिन्न । गाँउमा एस एल सि पाँस गरेका युवा कोहि छैनन । अझ भनु देशमै छैनन् छन् त विदेशी भुमिमा पसिना बगाइरहेछन ।

गाँउमा न गुणस्तिरिय शिक्षा प्रदान गर्ने विद्यालय छन् । न स्वास्थ्य सेवा छ । छ त केबल पिडा छ, अभाव छ । असुविधा छ । लाग्छ यो कुनै मानिसका लागि बनेको भुगोल होइन । जहाँ बाचुन्जेल नी दुःख छ । मर्नु अघि र पछि सगै दुःख छ । विद्यालयमा विद्यार्थी छैनन् । शिक्षक छैनन् । गाउँमा थोरै सङख्यामा केटाकेटिहरु र बुढाबुढीमात्रै छन् । अनि कसरी चल्छ जीवन ? जीवन गाईजात्रा नभएर के हुन्छ ?

आज आएर यस्तो लाग्छ अचल सम्पती हुने मान्छे गाउँमा गरिब छ । खेती गर्न नसकेपछि खेतका गह्राहरु बेकामे हुँदो रहेछ । बाझो जग्गा हुनेलाई तपाई कसरी धनी भन्नुहुन्छ ? हर नेपाली एक सानो घर, मनपरेका प्रिय मान्छे बिहान खाए पछि साझ खानको लागि सुनिश्चितता भए अरु केहि खोज्दैनथे । यी उल्लेख गरिएका चीजहरु प्राप्त हुने आशले हर व्यक्ति विभिन्न वादमा अल्झिएका छन् । एउटाले अर्काेकोे वादलाई नराम्रो देखाई आफ्नै वादमा जनसङख्या बढाउन उद्धत देखिन्छन् ।

Loading...
santoshdojer