Dhading News
log dhading

अमेरिकालाई आगोमा परिणत गरिदिने उत्तर कोरियाको चेतावनी


बुधबार, साउन २५, २०७४
अन्तराष्ट्रिय

बीबीसी। चीनले उत्तर कोरिया विरुद्ध संयुक्त राष्ट्र संघको नयाँ प्रतिबन्धमा सहमति जनाएपछि उत्तर कोरियासँग मिसाइल परीक्षण रोक्न आग्रह गरेको छ।

तर उत्तर कोरियाले आफूमाथि नयाँ थप प्रतिबन्ध लगाएपछि औपचारिक रुपमा कुनै प्रतिक्रिया जनाएको छैन। उत्तर कोरियाको सत्तारुढ राजनीतिक दलको पत्रिका रोडोङ सिनमनमा प्रकाशित सम्पादकीयमा आफूमाथि लगाइएको प्रतिबन्धको अमेरिकाले गम्भीर परीणाम भाग्नुपर्ने धम्की दिइएको छ।

सम्पादकीयमा लेखिएको छ, ‘अमेरिका जुन दिनदेखि हाम्रो देशलाई परमाणु बम र प्रतिबन्धबाट त्रसाउने कोसिस गर्छ, त्यो दिन अमेरिका आगोमा परीणत हुने छ, जसको कल्पनासम्म पनि गर्न सकिँदैन।’

चीनका विदेश मन्त्री वाङ यीले फिलिपिन्सको मनिलामा उत्तर कोरियाका विदेश मन्त्री री योङ होसँग भेटवार्ता गरेका छन्। सो क्रममा उनले री योङ होसँग संयुक्त राष्ट्रसंघको प्रतिवन्धको पालना गर्न आग्रह गरेका थिए।

संयुक्त राष्ट्रसंघका तर्फबाट उत्तर कोरियामाथि लगाएको ताजा प्रतिबन्धलाई सबै सदस्य राष्ट्रले सहमति जनाएका छन्। चीनका विदेश मन्त्री वेङले सो प्रतिवन्ध जरुरी भएपनि प्रतिवन्ध अन्तिम लक्ष्य नभएको बताए। उनले उत्तर कोरियालाई शान्तिसँग बस्न र अन्तर्राष्ट्रिय समुदायलाई भड्काउने काम नगर्न सुझाव दिइसकेका छन्। चीनले अमेरिका र दक्षिण कोरियालाई उत्तर सँगको तनाव कम गर्न पनि सुझाव दिएको छ।

Loading...
  • धादिङबेसी बसपार्क स्थानियद्वारा बन्द

    धादिङबेसी बसपार्क स्थानियद्वारा बन्द

    धादिङबेसी कार्तिक ६ । धादिङ सदरमुकाम स्थित बसपार्क अनिश्चितकालीन बसपार्क बन्द गरिएको छ । विभिन्न ठाउँमा राखिएका टिकट काउण्टरहरु हटाएर बसपार्कमा काउण्टर राख्नुपर्ने, फोहर व्यवस्थापन र मर्मत संहारको माग गर्दै
  • धादिङमा तीन पार्टीका प्रमुखहरु चुनावी मैदानमा

    धादिङमा तीन पार्टीका प्रमुखहरु चुनावी मैदानमा

    धादिङबेसी कार्तिक ६ । धादिङका प्रमुख तीनठुला पार्टीका जिल्ला प्रमुखाहरु मंसिर १० गते सम्पन्न हुन गहिरहेको चुनावी मैदानमा होमिएका छन् । आगामी मंसिर १० गते हुन गहिरहेको प्रतिनिधि सभा सदस्यका
  • आँखाको नानी नै गुम्न सक्छ, झुसिलकिराबाट

    आँखाको नानी नै गुम्न सक्छ, झुसिलकिराबाट

    धादिङ कार्तिक ६ । धादिङको सामुदायिक आँखा केन्द्रमा दैनिक ५-७ जना आँखामा विझेको झुसिल किराको झुस निकाल्न आउने गर्दछन् । सामुदायिक आँखा केन्द्रका इन्चाज रामासिंह तामाङका अनुसार यो पछिल्लो पटक
santoshdojer