धादिङको सदरमुकाम सल्यानटार सारिने

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २४, २०७४

धादिङ साउन २४ । समृद्ध धादिङ बनाउन नयाँ शक्तिले जति नै फुर्ति लाएपनि दुला दलहरु धादिङलाई कसरी नयाँ बनाउने भनेर लागि परेका छन् । स्थानीय चुनाव सकियो, काँग्रेस एमाले मिल्दा पनि आखिर एमालेलाई हराउन नसक्नु र चुनावको मातमा एमाले पनि यी दुई पार्टीलाई पाखा लगाएर अगाडी बढ्ने मुढमा छैन ।

कसरी धादिङलाई समृद्ध र नमुना बनाउने भन्नेबारे यी ३ दलका नेताहरु केहि दिन पहिला धादिङबेसी स्थित एक होटलमा ५ मिनेट अत्यन्त महत्वपूर्ण वर्ता गरेका थिए । वार्ताका क्रममा एमालेका अध्यक्षले विकास मिलेर गर्ने हो पैसा वाँडफाँड तपाईहरु सँग सल्लाह नगरी गर्दैनौं अब रातो मुख लगाएर हुँदैन कहा कति रकम विनियोजन गर्न सकिन्छ बसौ भन्ने प्रताव राखेका थिए ।

यसै बीच माओवादी अध्यक्षले मिलेर जान आफ्नो पार्टी तयार रहेको तर अहिलेको विकास बजेटको सत प्रतिशद रकम हावाबाट बिजुली निकाल्न र उत्तरी धादिङको खादिङ देखि दक्षिण ब्रुसवाङ सम्म फ्रि वाईफाई वितरणमा प्रस्ताव राखेका थिए ।

यसलाई सिधै अस्वीकार गरी नेपाली काँग्रेसका सभापति रमेश धमलाले धादिङलाई हराभरा बनाउने हो भने अहिलेको वजेटले सदरमुकाम धादिङबेसीलाई सल्यानटार सार्नु पर्ने प्रस्ताव गरेका थिए ।

उनले कारण सहित ३ मिनेट सम्म सल्यानटारमा सरमुकाम राख्नु पर्ने केहि बुँदाहरुः
१. सल्यान्टारमा रहेको विपन्न कुमालहरुलाई धादिङबेसी स्थित सरकारी कार्यालयहरुमा सार्ने जसले गर्दा जग्गाको मुअब्जाको कुरा पनि आउँदैन ।
२. कुमालहरु बस्दै आएका गाउँमा जस्ताको तस्तै सरकारी कार्यालयहरु राख्ने । भौतिक संरचना परिवर्तन नगर्ने ।
३. बुढी गण्डकी जलविद्युत परियोजना सम्पन्न गर्न सदरमुकाम सल्यानटार सारिए पछि सम्भव हुने ।
फाईदा
१. कुमालको दिन चर्यामा परिवर्तन आउने ।
२. कुमाल बस्तीमा कुमाल कै भौतकि संरचनामा सरकारी कार्यालयको काम हुने भएर पछि अन्तराष्ट्रिय रुपमा यसलाई प्रचार गर्न सकिने ।
३. कामै नहुने जिल्ला समन्वय समिति जस्ता कार्यकर्ता पाल्न बनाइएका कार्यालयका जनप्रतिनिधिहरुलाई जग्गा भाडामा लिई मास भटमास खेती गरी जनतालाई सुलभ दरमा वितरण गर्ने ।
४. बुढीगण्डकी जलविद्युत आयोजना पछि बनेको तालमा घुम्न आउने आन्तरीक तथा वाह्य पर्यटको सुरक्षा हुने ।
५. कुमाललाई नै धादिङबेसीका सरकारी कार्यालयको भवन प्रयोग गर्न दिने भने पछि आफ्ना गेटमा भर्ना बसेकाहरुलाई व्याक गर्न सजिलो हुने, बताएका थिए ।

एमालेका अध्यक्षले वार्ता अत्यन्त महत्व पूर्ण रहेको भन्दै तीनै पाटी भित्र खतरनाक झुण्ड रहेको र उनीहरुलाई यी बार्तामा भएका कुराहरु थाहा नदिने र तपाई दुबै जनाको विकास र परिवर्तनको एजेण्डा सहि छ । यसलाई कार्यान्वयनका लागि म तयार छु काम गर्न एकदम गाह्रो भएको ले विरोध गर्नेहरुलाई तह लगाउन ३ पार्टीको एउटा संयुक्त युवा संगठन गर्ने सहमति भएको जानकारी प्राप्त भएको छ ।
सन्दर्भः गाइजात्रा विशेष आजको सुचक सन्देशबाट साभार