धादिङका नेता सामु, पत्रकारको केहि लागेन

Avatar photo
Dhadingpost
आइतवार, साउन २२, २०७४

धादिङ साउन २२ । सँधै जिल्लाका नेताहरुलाई र्याखर्याक्ती पार्ने पत्रकारहरुलाई आज जिल्लाका राजनैतिक दलका नेताहरुले र्याखर्याक्ती परेका छन् ।

पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुलीको समुहलाई दलका नेताहरुले आज धादिङबेसी स्थित फुटसल एकेडेमीमा र्याखर्याक्ती पारेका हुन् ।

धादिङ जिल्लाको इतिहासमा पहिलो पटक निर्माण गरीएको फुटसल उद्घाटन कार्यक्रममा ९ गोल गरे पनि आखि पत्रकारहरुको केहि लागेन दलका नेताहरुले ११ गोल गर्दै पराजित गरि छाडे ।

धादिङ समाज धादिङका फुटबल स्टाइकर गोपी भण्डारी ले धादिङ फुटसल एकेडेमीको नामबाट व्यवसायीक रुपमा संचालन ल्याएका फुटसल आज बिहान राजनैतिक दल र पत्रकार बीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता गरि उद्घाटन गरिएको थियो ।

दलका तर्फबाट नेपाली काँग्रेसका सभापति रमेश धमला, नीलकण्ठ नगरपालिकाका मेयर भिम ढुङ्गाना, उपमेयर मनराज भण्डारी, राजकुमार श्रेष्ठ, बद्री श्रेष्ठ, अमृत तामाङ, सरोज पाण्डे लगायतले प्रतियोगितामा भाग लिएका थिए भने पत्रकारको तर्फबाट पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली, मुरारी अधिकारी, पोषनाथ अधिकारी, ठाकुर गुरुङ, ओम लामा, सन्तोष श्रेष्ठ, अर्जुन श्रेष्ठ लगायतले खेलेका थिए ।

पत्रकारले भन्दा २ गोल बढी ९ का विरुद्ध ११ गोल गर्दै दलहरुले खेल जितेका थिए विजेता र उप विजेता दुबैलाई शिल्ड प्रदान गरिएको थियो । खेलमा दलका तर्र्फबाट सबैभन्दा बढी अमृत तामाङले ५ गोल गरेका थिए भने पत्रकारको टिमबाट ओम लामाले ४ गोल गरेका थिए । नीलकण्ठका मेयर भीम ढुङ्गानाले रिवन काटेर रिबन फुटसल उद्घाटन गरे पस्चात पहिलो खेल दल र पत्रकार बीच गराइएको थियो ।

फुटसलको बिषयमा धादिङपोष्ट सँग कुरा गर्दै संचालनक गोपी भण्डारीले भने- सन् १९३० देखि पराग्वेबाट फुटसलको सुरुवात भयो तर विश्वव्यापीकरण हुन २०१५ कुर्नु पर्यो । नेपालमा काइजन स्पोर्टस् सलुसन प्रालिले सन् २०११ देखि काठमाडौंको ठेमलमा एरेना फुटसल नाम दिएर स्थापना भए सँगै काठमाडौ लगायतका शहरहरुमा धेरै फुटसल रहेको छ ।

हामीले धादिङमा सुरुगरेका छौ । ७० लाख को लागतमा सुरुगरेको बताउँदै भण्डारीले भने दिन रात दुबै बेला खेल्न सकिने यसको विशेषता हो न्यूनतम शुल्क त्यसमा पनि महिलालाहरुलाई विशेष छुटका साथ खेल्न दिईने छ । फुटसलको को लोक प्रियतालाई ख्याल गर्दै सबैबाट सहयोगको अपेक्षा समेत भण्डारीले गरे ।