नेत्रावतीका विरामीलाई १ लाख ५० हजार सहयोग

Avatar photo
Dhadingpost
बुधबार, साउन १८, २०७४

धादिङ साउन १८ । नेत्रावती गाउँपालिकाका बिरामीलाई १ लाख ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

नेत्रावती परोपकार समाज संस्था मार्फात विदेशमा रहेका विभिन्न युवाहरु पठाएको सहयोग उक्त रकम विरामीहरुलाई मंगलबार हस्तान्त्रण गरिएको हो ।

नेत्रावती गाउँपलिकाका कार्यकारी प्रमुख दिलमान शाक्य, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा मार्पाक निवासी शंकर अधिकारी, ठाकुर गुरुङ, राप्रपा जिल्ला नेता बलराम अधिकारी लगायतले उक्त रकम विरामीहरु उपचारत अस्पताल पुगेर हस्तान्तरण गर्नुभएको थियो ।

बोनम्यारो क्यानसर भएका नेत्रवती गाउँपालिका १ का स्कुल सिटौलालाई पचास हजार, दुबै मिर्गौला फेल भई उपचारत नेत्रावती गाउँपालिका १ का शम्भु अधिकारीलाई पचास हजार र दुबै मिर्गौला फेल भएका अर्का नेत्रावती गाउँपालिका १ कै लालबहादुर तामाङलाई पचास हजार सहयोग रकम प्रदान गरिएको थियो ।

सहयोग रकम लिँदै दुबै मृगौला फेल भै आर्थिक अभावमा अस्पतालमा छटपटाई रहेको लालबहादुर तामाङले सहयोग गर्ने सहयोगी हातहरुलाई विशेष धन्यावाद दिँदै नयाँ जीवनमा बाच्ने आशा जिवित गराएको बताउनु भएको थियो ।

रहम हस्तान्तरण गर्दै नेत्रावतीका कार्यकारी प्रमुख दिलमान शाक्य, शंकर अधिकारी, ठाकुर गुरुङ, राप्रपा जिल्ला नेता बलराम अधिकारीले सहयोग गर्ने विदेशमा रहेका युवाहरुलाई विशेष धन्यावाद दिँदै विरामीहरुको शिर्घ स्वस्थ्या लाभको कामना गरेका थिए ।

परोपकार समाजका अध्यक्ष होम ब अधिकारी, उपाध्यक्ष युग ब पन्त, उपाध्यक्ष अनिल अधिकारी, उपाध्यक्ष महेस अधिकारी, अर्थ महसचिब रन घले, महासचिव जित अधिकारी, उपमहासचिव सुरज कार्की, सचीव सन्तोष तामाङ, अर्थ कार्यलय सदस्य बृहस्पति पन्त, भिम थापा, रबिन्द्र अधिकारी लगायतको विशेष पलमा उक्त रकम संकलन गरिएको थियो ।