पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफद्वारा राजीनामा

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १३, २०७४

इस्लामावाद। पाकिस्तानको सार्वोच्च अदालतका पाँच जना न्यायाधीशको इजलासले प्रधानमन्त्री नवाज शरीफ विरुद्ध पनामा प्रकरणका आफ्नो फैसला सुनायो। यी पाँच जनाको इजलासले नवाज शरीफलाई प्रधानमन्त्री पदका लागि अयोग्य ठहर्याइ दियो। सर्वोच्चको फैसलापछि नवाज शरीफले प्रधानमन्त्री पदबाट राजीनमा दिएका छन्।

शरीफलाई स्रोत नखुलेको सम्पत्ति राखेको अभियोगमा दोषी ठहर्याइएको हो। उक्त फैशलापछि नवाज शरीफले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बीबीसीले जनाएको छ। शरीफलाई स्रोत नखुलेको सम्पत्ति जम्मा गरेको अभियोगमा दोषी ठहर्याइएको हो।

सर्वोच्च अदालतका न्यायाधीश एजाज हसन, न्यायधीश एजाज अफजल, सइद शेख, आसिफ सइद खोसा र न्यायाधीश गुलजार अहमदको पाँच सदस्यीय इजलासले नवाज शरीफलाई दोषी ठहर गरेको हो।

न्यायाधीश खोसा र न्यायाधीश गुलजारले पनामाको सुरुवाती निर्णयमा नै प्रधानमन्त्री शरीफलाई अयोग्य ठहर गरिसकेका थिए। बाँकी तीन जना न्यायाधीशले सो प्रकरणमा अगाडि बढाउन आदेश दिएका थिए। शुक्रबार भने पाँचै जना न्यायाधीशले शरीफलाई अयोग्न ठहर गरेका हुन्। अदालतले नवाज शरीफकी छोरी र ज्वाईँलाई पनि दोषी ठहर गरेकोे छ।

सो प्रकरणको सुरुवाती फैसलापछि संयुक्ता छानविन समिति गठन गरिएको थियो। जसलाई १० जुलाईभित्र प्रतिवेदन बुझाउन भनिएको थियो। विपक्षी दल पाकिस्तान तहरीक–ए– इंसाफका अध्यक्ष इमरान खान पनामा प्रकरणमा मुद्दा दायर गर्नेमध्ये एक थिए। इमरान खानले केही समय अगाडि नै सर्वोच्च अदालतसमक्ष सो विषयमा फैसला चाँडो सुनाउन अपील गरेका थिए।