धादिङका लोक दाहालको पक्षमा माहौंल बन्दै

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १३, २०७४

बेल्जियम साउन १३ । धादिङ बुढाथुमका लोक दाहाल एनआरएनए बेल्जियमका महासचिब एबम प्रखर समाजसेवी लोक दाहाललाई आसन्न निर्बाचनमा अध्यक्ष पदका लागि समर्थन गर्न चार राजनैतिक संगठनहरू र विभिन्न साँमाजिक संघ सस्थाहरु तयार भएका छन् ।

चार संगठनहहरु विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आई रहेका संघ संस्थाले सहयोग गर्नेभएपछि लोक दाहालको पक्षमा माहौल बन्दै गएको छ ।

बेल्जियमका नेपाली काँग्रेस र एमालेका भातृ संगठनहरु एनआरएनएको चुनाबमा मिलेर जाने निर्णय गरेका छन् तर पनि लोकदाहालको पक्षमा माहौल घटेको देखिँदैन । नेपाली काँग्रेस र एमालेका भातृ संगठनका कतिपय नेता नै राजनीतिको नाममा एनआरएनए बेल्जियमलाई मागि खाने भाँडो बनाईन लगेको भन्दै लोकदाहालको पक्षमा लागेका छन् । बेल्जियममा रहेर पत्रकारीता गरिरहेका सन्तोष न्यौपानले बेल्जियम एनआरएन् अधिवेशन बारे लेख्छन् राम्रा उम्मेदवार लाई छानौ राम्रा उम्मेदवार दाहाल नै हुन् ।

बेल्जियमको एनआरएन निर्वाचन – हाम्रालाई होइन राम्रालाई समर्थन गरौं

‘हेल्लो सन्तोषजी कबिता बहिनीको भिसा दिएछ । हाम्रो मिहिनेतले साकार रुप लियो है ।’ एकाबिहानै आन्तर्प सहर निवासी लोक दाहालले खुसि हुदै यो खबर सुनाए । बिहान बिहान खुसीको खबर सुन्दा मन त्यसै उमंग हुने नै भयो ।

उनको बोलीमा खुसीका धेरै छनक आभास भएको थियो। नेपालका लागि अधिक सामाजसेवामा काम गर्दै आयका दाहाल यो मुद्दालाई अलि गम्भीर तरिकाले लिएर सहयोग गरेका थिए ।

बेल्जियम निवासी कविता गौतमका श्रीमानले उनलाई नेपालमा लगेर अलपत्र पारेपछि सहयोगको याचनाका लागि हार गुहार गरेकी थिइन्। सोहि क्रममा दाहालले कवितालाई बेल्जियम ल्याइपुर्याउन बिशेष भूमिका निर्बाह गरे उनले। नेपाल गयर कबितालाइ भेटे । सो भेट्ने क्रममा समाजसेवामा सक्रिय आफ्ना सहकर्मी डा लुकलाइ पनि उनीसंग भेटाइदिए । त्यसपछि दाहाल र लुक मिलेर कवितालाई बेल्जियम सम्म ल्याउनको लागि सबै सहयोग जारी राखे। अन्तत उनीहरुकै प्रयासबाट कविता बेल्जियम आइपुगिन ।

बेल्जियमको सवालमा कविताको केस मात्रै होइन बिगतमा एसेंटा २०१३ मा भएको मानवतस्करीको बिरुद्धमा निडर भएर औला उठाउने ब्यक्ति पनि दाहाल नै थिए । नेपाल र बेल्जियमको ५० औ दौत्य सम्बन्धको अवसर पारेर गरिएको कार्यक्रममा कार्यकर्मको उदेश्य बिपरित दलाली काम हाबी भयो ।

अन्तत आफु एन आर एन बेल्जियमको महासचिब भएको मौका छोपी यो मुद्दालाई पुन ब्युताए। छानबिन कमिटि बन्यो । कमिटीले प्रतिबेदन बुझायो । तर अन्तत उक्त केसमा आरोपित व्यक्तिलाई ढाकछोप गर्ने काम गरियो। यसरि ढाकछोप गर्नेमा बेल्जियमकै नाम चलेका कथित समाजसेबिको ठुलो हात रहन पुग्यो । जुन अहिले सतहमा देखिन थालेको छ ।

कविता गौतमको सहयोग र एसेण्टामा भएको दलालीको बिरुद्धमा निडर भयर अगाडी बढेका तथा नेपालमा धेरै ठाउमा सहयोगको हात बढाइसकेका लोक दाहाल एन आर एन बेल्जियमको आगामी नेतृत्वको लागि अधक्ष्य पदमा दाबि गरेका छन । उनि हाम्रा होइनन तर राम्रो हुन ।

सहमतिको खेल

हिजो भर्खर मात्रै नेपालि कांग्रेस र एमाले निकट सस्थाहरु जनसम्पर्क समितिको एउटा खेमा र प्रबासी नेपाली मंच बेल्जियमको अर्को खेमा बीच एन आर ऐनमा एकले अर्कालाई सहयोग गर्ने भनेर एक प्रकारको सहमति भएको छ । तर यो सहमति बाट उक्त सस्थाभित्र नै रहेका असन्तुस्टहरुले बिरोध जनाईरहेका छन । यी दुइ सस्थाले जारि गरेको बिज्ञप्तिमा सर्वसहमतिको प्रयासको लागि सहमति भयको जनायपनि आइसीसी र महासचिब एमालेको भागमा र अध्यक्ष उपाध्यक्ष र आइसीसी कांग्रेसको भागबन्डामा पारिएको छ। यसले बोलि र गराइमा कति अन्तर रहेछ भन्ने देखाएको छ । हिजो अर्को कुनै सस्थालाई अन्तरघात गरेको पार्टीले भोलि गएर कांग्रेसलाई समर्थन गर्छ भन्ने ढुक्क हुन् भने सकिदैन । अर्को कुरा यदी सहमति नै गरेको भए बेल्जियम स्थित सबै राजनैतिक सँस्था बसेर छलफल बाट अगाडी बढ्नुपर्थ्यो तर त्यो हुन् सकेन । जुन अब आउने नतिजा दुवै पक्षलाई धेरै घातक हुनसक्ने देखिन्छ ।

राजदुत बाट केहि सिक्ने कि ?

‘म नेपालि समाज र नेपालको लागि दत्तचित्त भएर काम गर्नेछु । कहिँ कतै गल्ति गरे भने तैले यहाँनिर गल्ति गरिस भनेर मलाई बताउनुहोला ।’ बेल्जियमका लागि नेपालि राजदुत भएर आइसकेपछि राजदुत निवासमा पहिलो पटक नेपालीहरुले सम्मान गर्ने क्रममा राजदुत लोक बहादुर थापाले गरेको बाचा हो यो । यहि बाचा अनुसार छोटो समयमा यहाको समाजमा बेल्जियमका लागि नेपालि राजदुत लोक बहादुर थापा चर्चित र लोकप्रिय बने ।

उनले निस्वार्थ रुपले काम गरे सबैसँग समान ब्यबहार गरेकै कारण जसको फलस्वरूप थापा लोकप्रिय बनेका थिए । अहिले थापा सेलिब्रिटी बनेका छन । उनि जुन कार्यक्रममा पुग्छन त्यहि उनलाई लिएर फोटो खिच्नेको लर्को लाग्छ। जुन यसअघि यहाँ आएका राजदुतहरुमा देखिएको थिएन । यसमा राजदुतको शिष्टता र काम गर्ने सैलीले पारेको असर हो ।

तर बेल्जियममा नै एन आर एनको नेतृत्व लागि लुछाचाड़ी हुदैछ । उनको ब्यबहारबाट केहि सिक्न नसकेको देखिएको छ । हामी समाज परिवर्तन कसरी गर्न सक्छौ भन्ने कुरा राजदुतबाट सिक्नु जरुरी देखिन्छ । बेल्जियम स्थित नेपालि समाज धेरै बिखण्डीत छ । यहाँ व्यक्तिगत इगो र पदको राजनीति अत्यधिक छ । यो तत्काल रोकिनुपर्दछ । सामाज भाँड्नेहरु धेरै छन । त्यस्ता ब्यक्तिहरुलाई एन आर एनमा स्थान दिईनुहुदैन। हाम्रा हाम्रा भनेर सबैलाई एकैठाउमा हालेर हिड्नुभन्दा बिद्रोही नै किन नहोस राम्रो भए उसलाई समर्थन गरौँ र अगाडी बढौँ ।
यस अघिका समाचार
धादिङका दाहालद्वारा बेल्जियम एनआरएनको अध्यक्ष उम्मेदवार घोषणा
एन.आर.एन. बेल्जियममा अध्यक्षका उम्मेदवार धादिङका दाहाल (फोटो फिचर)