हाम्रा कार्यालयहरु

Avatar photo
Dhadingpost
बिहिबार, साउन १२, २०७४

Go VInda
हाम्रा कार्यालयहरु
खचाखच मान्छेहरु छन्, केही बैँकका सुकिलाहरु पनि हातामा छाप लिएर उभिएका छन् । कर्मचारीहरु छुच्चा स्वभावका निष्ठुरी कुरा गरिरहेकाछन् । पहिले सबै खुसी सबै मीठा अहिले एकाएक टर्रा, अनि बेखुसी। हैन किन यस्ताे भैरहेकाे छ? मनमा प्रश्न उब्ज्याे । फाेटाे खाेज्दैछु, फाेटाे फेला परेन, तपाईँकाे कुन कित्ता रे? गुन गाविसकाे? के लेख्याछ? केनामकाे कित्ता हाे? तपाईँकाे नाम के हाे? पर्खनुस् त फेला पर्छकि । साँध सँधियार काे रे? राेक्नु न एक छिन, हुन्छ खाेज्दैछु । हाल्ला नगर्नुस् न । लाै भएन । कस्ताे झ्याउ लाछ, अब फेरि फाेटाे खिच्नु पर्याे । पर्दा हाल्दिनु त , बस्नु त , टाउकाे अलिवर, जीउ अलि पर, शिर ठाडाे हाे ल अब भयाे, फाेटाे त खिचियाे अब के हाेला? मालपाेत कार्यालयकाे हबिगत। यति हुँदासम्म एक अधबैँसे अाइमाई कर्मचारीलाई अर्काे भुस्तिघ्रेले बीसपटक हुन्छ भनन, हुन्छ भनन भन्छ । अन्तिममा ऊ हुन्छ , भन्छे । कुरा त उता पनि छ । उफ्फ! कर्मचारीले कम्युटराइज्ड सिस्टम कति जान्छ? कति अबधिकाे तालिम, दक्षता कति, किन सफ्टवेयर? अतदि अादि पनि प्रश्नछन् । बैँकवालाहरु पनि एउटा बाहेक दुईवटा काम भ्याइन्न भन्छन् । कर्मचारी सबै स्विकार गर्छन् तर ढीलाे किन भएकाे हाे ? भन्न जान्दैनन्। अनलाइन अहिले किन? संघियताले फेरेकाे ठेगानाले कर्मचारीहरुलाई तनाब बनाइरहने रैछ, त्यसमाथि अनलाइनकाे हैरानीले सब अस्तब्यस्त छ हाम्रा कार्यालयहरु । फेसबुकबाट