धादिङ समाज बेल्जियमको अधिवेशन सम्पन्न

Avatar photo
Dhadingpost
बुधबार, साउन ११, २०७४

बेल्जियम साउन ११ । बेल्जियमा रहेका धादिङगेहरुको धादिङ समाजबेल्जियमको अधिवेशन सम्पन्न भएको छ ।

‘बेल्जियममा रहेका नेपालीमाझ धादिङ समाज’ भन्ने नाराका साथ बेल्जियमको आन्थ्रोपेन शहरमा प्रथम अधिवेशनले दामन तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन अधिवेशन सम्पन्न गरेको हो ।

अधिवेशनले जय तामाङ र हरि दाहाललाई उपाध्यक्ष, महासचिवमा रमेश दाहाल, सचिवमा गोमा तामाङ (गुरुङ), र कोषाध्यक्ष कृष्ण सिंखडालाई निर्वाचित गरेको छ । त्यस्तै निर्वाचित हुने सदस्यहरुमा कुमार थापा, काशिनाथ दर्नाइ, दिपक पण्डित, हरि पाठक, सुमन तामाङ, उर्मिला तामाङ, कृष्णबहादुर गुरुङ, हरि सिंखडा, कमला घले र रन्जना सिंखडा रहेका छन् ।

अधिवेशनले एनआरएनए बेल्जियमको अध्यक्षको उम्मेदवारी घोषणा गरि सकेका धादिङ बुढाथुमका लोक दाहाल सल्लाकारमा निर्वाचित भएका छन् । अन्य सल्लाकारमा उल्का घिमिरे, रंजन सिंखडा, गोपाल सिंखडा, कृष्ण न्यौपाने, आरबी घले, शान्तमणि सिंखडा, अर्जुन दाहाल निर्वाचित भएका छन् ।

सम्पन्न अधिवेशनले आसन्न एनआरएनए बेल्जियमको अधिवेसनमा मिलेर जान आग्रह गर्दै त्यसको लागि अघिल्लो पुस्ताले त्याग गरि समाज सेवीलाई जिताउन दवावाव दिन अधिवेशनले महत्वपूर्ण भमिका निर्वाह गर्ने दवाव हुने बताईएको छ ।

समितिका संथापक संयोजक रञ्जन सिंखडाको सभापतित्वमा हरि सिंखडाद्वारा संचालित खुलासभामा बेल्जियमका उपस्थित अतिथिहरुले सफलताको शुभकामना दिएका थिए ।