अबुधावीमा फुटबल खेलाडीहरुको सम्मान

Avatar photo
Dhadingpost
बुधबार, साउन ४, २०७४

अबुधावी, १८ जुलाई । नेपाली जनप्रगतिशील मन्च युएईले एएफसी यु–२३ च्याम्पियनसीपको छनोट खेलका लागि युएई आएका फुटबल खेलाडीहरुलाई यही जुलाई १८का दिन नेपाली दुतावासमा भएको एक कार्यक्रमका वीच सम्मान गरेको छ ।

नेपाली जनप्रगतिशील मन्च अवुधावीका अध्यक्ष तथा केन्द्रिय सदस्य दिपक न्यौपानेको नेतृत्वमा क्षेत्रीय सल्लाहकार ज्ञानेन्द्र राई, सहसचिव दामोदर सिंह, सबिन अधिकारी अमृत राई रामकुमार तिरुवा लगायत अबुधावी क्षेत्रीय समितिको टोलीले खेलाडीहरुलाई खादा ओढाएर सम्मान गरेका थिए ।

नेपाली फुटबल टोली एएफसी यु–२३ च्याम्पियनसीप छनोट खेल खेल्नको लागि गत जुलाई १३ मा अल ऐन आइपुगेका थिए । आफ्नो पहिलो खेल युएईको फुटबल टिमसँग गत शनिबार खेलेको नेपाली टोली ५–० ले पराजित हुन पुगेको थियो भने सोमबार सम्पन्न दोस्रो खेलमा २–० ले उज्वेकिस्तानसँग पराजित हुन पुगेको थियो । अबको अन्तिम खेल नेपाली टोलीले बुधबार लेवनानसँग खेल्नेछ ।

नेपाली फुटवल टोलीका कप्तान बिमल घर्ती मगरले अत्याधिक गर्मीका कारण नेपाली टिमले अपेक्षा गरिए अनुरुप खेल्न नसकेको बताएका थिए ।