नेपाल सामु मलेसियाको केहि लागेन

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३, २०७४

काठमाडौं साउन ३ । सिंगापुरमा जारी आइसीसी यू-१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

सोमबार घरेलु टोली सिंगापुरलाई ४ विकेटले पराजित गरेको नेपालले मंगलबार मलेसियाविरुद्ध ५ विकेटको जित किालेको हो । मलेसियाले प्रस्तुत गरेको ५९ रनको झिनो लक्ष्य पूरा गर्ने क्रममा नेपालले ५ विकेट गुमायो । नेपाललाई विजयी लक्ष्यसम्म डोहोर्‍याउने क्रममा आशिफ शेखले २३, प्रनित थापा मगरले अविजित १८, सन्दीप सुनारले ६, अदिल खानले ५ तथा दीपेन्द्र ऐरी र रोहित पौडेलले ४र४ रन जोडे ।

यसअघि टस जितेर पहिले फिल्डिङ गरेको नेपालले मलेसियालाई ५८ रनमा समेटेको थियो। लगातार दोस्रो खेलमा ५ विकेट लिने क्रममा कप्तान सन्दीप लामिछानेले ८ ओभर ५ बल बलिङ गर्दै १ मेडन राख्दै १७ रन खर्चिए। सन्दीपका अलावा पवन सर्राफले ३ तथा सन्दीप सुनार र किशोर महतोले १र१ विकेट लिए । मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अर्को खेलमा सिंगापुरले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गरिरहेको छ । राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा चारवटै टोलीले एकरअर्कासँग दुई/दुई खेल खेलिसक्दा अंक तालिकाको शीर्ष स्थानमा रहने टिम सन २०१८ को जनवरीमा न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ ।