एन.आर.एन. बेल्जियममा अध्यक्षका उम्मेदवार धादिङका दाहाल (फोटो फिचर)

Avatar photo
Dhadingpost
आइतवार, साउन १, २०७४

धादिङ साउन १ । अहिले एन.आर.एन. बेल्जियमको आगमी कार्यकाल २०१७-०१९ का लागि कस्लाई नेतृत्व सुम्पिने हो भन्ने बिषयले व्यापक चर्चा पाउन थालेको छ ।

बेल्जियमको आगामी नेतृत्वका लागि बिभिन्न संघ-सस्था तथा बिभिन्न क्षेत्रका तहा र तप्काबाट अध्यक्ष लगायत अन्य पदहरुमा समेत उम्मेदवारी घोषणा गरी सकेका छन् । घोषणा गरेका उम्मेदवार मध्य बलिया उम्मेदवारको नाम हो लोकप्रसाद दाहाल । समाज सेवीका रुपमा परिचय बनाउन सफल धादिङ बुढाथुमका सन् १९९९ देखि बेल्जियम रहँदै आएका धादिङ्गे हुन् ।

एन.आर.एन. बेल्जियमको वर्तमान महासचिव समेत रहेका दाहाल नेपालको हिमाल पहाड र तराई सम्म समाजिक काममा पुगेका व्यक्ति हुन् । राउटे देखि सुकुम्बासी सम्म सहयोगि दता लिएर पुग्ने गरेका धादिङ बुढाथुमका दाहालले धादिङमा समेत विभिन्न सामाजिक कामहरु गर्दै आएका प्रसस्त उहाहरण छन् ।

धादिङको बुढथुम बद्री बिशाल स्कुलको भवन बनाउन करीब १ करोड सहयोग जुटाएका थिए । त्यसैगरी बसेरीमा २ वटा स्कुलको लागि ३० लाखको जग्गा ख़रीद समेत उनै दाहालले गरिदिएका हुन् ।

२०१५ देखि बेलिज्यमको राष्ट्रिय भाषा डच भाषाको ज्ञान भएका दाहाल नेपालीहरुको संस्थामा मात्रैे सिमित छैनन । जब नेपालमा बिनासकारी महाभुकम्भले धनजनको गम्भिर क्षति भएको बेलामा नेपालीहरुको आततायी पिडालाई केहि मल्हम लगाउने हेतुले बेल्जियम स्थित “पिपुल टु पिपुल बेल्जियम” भन्ने संस्थाको आजिवन सदस्य बनि बेल्जियम स्थित प्रख्यात डाक्टरहरु साथमा लिई ब्यक्तिगत खर्चमा नेपालका बिभिन्न बिकट गाऊँहरुमा गई राहात पु¥याएर उत्कृष्ट समाजसेवा गरेका थिए ।

केही समय पहिले मात्रै पनि उनले बेल्जिक प्रसिद्ध डाक्टरहरुको एक टोलि लिएर नेपालका राऊटे वस्तिका जोखिममा परेका बिरामीहरुको उपचार पनि गरेका थिए । जुन कार्याले नेपाल सरकारको पनि ध्यानाकर्षण गर्न सफल भएको थियो । २०१५ देखि एनआर एन बेल्जियमको महासचिव रहेर आफ्नो क्षमता प्रदर्शन गरिरहेका दहाल राष्ट्रिय समिति भित्र कै उत्कृष्ट समाज सेविको रुपमा चर्चा कमाउन सफल देखिन्छ ।

मेरो रुचि समाज सेवा हो, एन।आर।एन।बेल्जियमको अध्यक्ष बने पनि नबने पनि मेरो सामाजिक भाव निरन्तर रहने धादिङपोष्ट सँग कुरा गर्दै बेल्जियम आएर बस्ने नेपालीहरुले यसपटक एन.आर.एन.बेल्जियमको अध्यक्ष बनाउनेमा ढुक्क रहेको धादिङपोष्ट सँग बताउनु भयो ।

यो पनि पढ्नोहोस्
धादिङका दाहालद्वारा बेल्जियम एनआरएनको अध्यक्ष उम्मेदवार घोषणा