धादिङका दाहालद्वारा बेल्जियम एनआरएनको अध्यक्ष उम्मेदवार घोषणा

Avatar photo
Dhadingpost
बुधबार, असार २८, २०७४

धादिङ असार २८ । धादिङक बुढाथुमका लोक दाहाल एनआरएन बेल्जियमको अध्यक्षमा उममेदवारी घोषणा गरेका छन् ।

बेल्जियमको आन्तोर्पेनलाई आफ्नो कर्म क्षेत्र बनाउँदै आएका दाहाल सन् १९९९ देखि बेल्जियम व्यवसाय गर्दै सामाजिक कार्यमा सक्रिय रहँदै आएका धादिङ्गे हुन् । बेल्जियम रहेर सन् २००० देखि सामाजिक सेवामा सक्रिय रहँदै आएका उनी हाल एनआरएन बेल्जियम राष्ट्रिय सम्मन्वय समितिको महासचिव समेत हुन् ।

जनप्रगतिशिल मञ्चको वरिष्ठ उपाध्यक्ष समेत रहेका दाहाल सन् २०१३ देखि २०१५ सम्मा नेपाली ब्यवसायी संघ बेल्जियमको पनि महासचिव भएका थिए । २०१५ देखि बेलिज्यमको राष्ट्रिय भाषा डच भाषाको ज्ञान भएका दाहाल २०७२ वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पपश्चात ‘पिपुल टु पिपुल बेल्जियम’ संस्था मार्फत बेल्जियमका प्रख्यात डाक्टर लिएर उनी नेपाल फर्किएका थिए ।

धादिङका ग्रामिण भेगहरुमा स्थानिय जनताको उपचार र राहत लिएर उनी पिडितका टोल टोल पुगेका थिए । उपचारको क्रममा उनी राउटे बस्ती समेत पुगे राउटेको उपचार गराउने लोक दाहाल एनआरएन बेल्जियमको अध्यक्षको उम्मेदवार भनेर कति पय मिडियाले समचार नै प्रकाशित गरेका छन् ।

आफूले चुनाव जित्ने आधार भनेकै समाज सेवा र माया गर्दै साथ दिने बेल्जियमस्थित एनआरएनका सदस्य रहेको उनले बताए । उनले सकेसम्म आफू सर्वसहमतिमै अध्यक्ष हुने दाबी गर्दै चुनाव भयो नै भनेपनि हार जित जे भए पनि जिते वाआफूले गर्ने समाज सेवामा कुनै कमि नआउने बताए।