कमल वली फेरी चर्चामा आयो नयाँ तीज गीत ‘चाहिएन पोइ’

Avatar photo
Dhadingpost
मङ्लबार, असार २७, २०७४

काठमाडौं, असार २७ । नेपाली साँगितक क्षेत्रमा होस् या समाजिक क्षेत्रमा चर्चाबाट आई रहने व्यक्ति हुन कमल वली ।

अरु बेला भन्दा तीज आसपास अलि बढी चर्चामा आउने गायिका कमल वलीले यस पटकको तीजको लागि पनि चर्चित दमदार गीत लिएर बजार आएकी छिन् ।

चर्चित गायक पशुपति शर्मालाई समेत प्रयोग रिएको यस तीज गीतमा उनी ‘चाहिएन पोइ’ भन्ने तीज गीतमा मन्त्री बनेकी छिन् ।
स्पष्ट वक्ता तथा अधिकारको क्षेत्रमा समेत आवाज वुलन्द गर्दै आएकी गायीका ओलीको अघिल्लो बर्षको तीजमा पोइला जान पाम भन्ने गीत निकै चर्चामा थियो र बजार पनि गतिलै लियो ।

ओलीले यस पटक फरक शैलिमा ‘चाहिएन पोइ’ भन्दै नयाँ तिज गीत बजारमा ल्याएकी छिन् । नयाँ कमल वलीको तीज गित चाहिएन ‘चाहिएन पोइ’ ।