विश्व जनस्वास्थ्य दिवस धादिङमा मनाइयो

Avatar photo
Dhadingpost
मङ्लबार, असार २७, २०७४

धादिङबेसी असार २७ । विश्व जनसंख्या दिवस धादिङबेसीमा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

व्यवस्थित परिवार, समृद्ध राष्ट्रको आकार, भन्ने नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय धादिङको आयोजनामा जिल्ला स्तरिय रुपमा दिवस मनाइएको हो ।

विश्व जनसंख्या दिवस अवसरमा धादिङबेसमिा भएको अन्तरक्रिया वरिष्ठ जनस्वास्थ्य प्रसाशक महेश्वर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर तथा जनसंख्या विद पुष्पकमल सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कायृक्रममा प्रमुख अतिथि वरिष्ठ जनस्वास्थ्य प्रसाशक श्रेष्ठले यो वर्षमा १५० भन्दा बढि जेष्ठ नागरीकको निशुल्क आँखा चेकजाँच कार्यक्रम गरेको साथै किशोर किशोरी लक्षित दौतरी शिक्षा कार्यक्रम पनि रहेको बताउनुभयो ।