स्वर्ग त मान्छेले नै बनाएका रहेछन्, ढोलाकी हजुरआमाको अनुभव (फोटो फिचर)

Avatar photo
Dhadingpost
सोमवार, असार २६, २०७४

धादिङको ज्वालामुखी गाउँपालिका ढोला डाँडा पुुुर्सुक निवासी ८४ वर्षिय हजुर आमाले यूरोप भ्रमण गर्न पाउँदा हर्षित हुनुभएको छ । ८ वर्ष कै कलिलो उमेरमा विहे गरेर घर जम सम्हाल्न पुगेकी हजुर आमा युरोप भ्रमण, त्यसमा पनि पानी जहाज यात्रा कल्पनामा पनि नसोचे यात्रा भएको भन्नु हुन्छ ।

नाती यूरोप भएकोले यूरोप भ्रमण गर्न पाएको र घुमेको सबै ठाउँहरु आफ्नो लागि स्मरणिय छ, त्यसमा पनि पानी जहाज यात्रा सम्झन लायक रहेको बताउनु भयो ।

नाती सुदिप भुषण अर्याल फिल्याण्डमा व्यवसाय गर्दै आएका छन् । उनी अहिले एनआरएन फिल्याण्डका सल्हाकार र त्यस अघिका एन्आएन् सेक्रेटरी समेत हुन् ।

हजुर आमा त्यत्रो पानी जहाज त्यत्रो सामान बोकेर पानी माथी गुड्न सक्नु गंगाको शक्तिले गर्दा सम्भव भएको बताउनु हुन्छ । पानी जहाज चड्ने बेला थुप्रै गाडी, ट्रकहरु पानी जहाज भित्र छिरे, यत्तिका गाडी यस भित्र छिरे अब डुब्ने भो जस्तो लागेको थियो, यत्ति ठुलो पानी जहाज पुरै घुम्न त १ दिन नै लाग्छ होला ? पानी जहाज भित्र सबै चिज घुम्ने ठाउँ देखि होटल सम्म म त साह्रै दंग हजुर आमाको अनुभति उधृत गर्दै नाती सुदिप भुषण अर्यालले धादिङपोष्टलाई बताउनु भयो ।

मान्छेहरु स्वर्ग जाने भन्थे यूरोप त मान्छेले नै बनाएको स्वर्ग रहेछ, आफ्नो नाती स्वर्ग मै बसी रहेको रहेछ, हजुर आमाले खुसी व्यक्त गर्नुभयो । सबै हजुर आमाहरुले यूरोपको अवलोकन गर्न नसके पनि यूरोपमा रहेका नेपालीहरुले आफ्ना परिवारलाई घुमाउन ल्याउन सुझव दिन्छु मैले त स्वर्गको अनुभती गरें परिवारका अन्य सदस्यहरुलाई पनि यूरोप घुमाउन हजुरआमाले आग्रह गर्नुभयो सुदिप भुषण अर्यालले हामीलाई बताउनु भयो ।

भुषण ले १३ तलाको (छत सहित) को पानी जहाजमा हजुरआमालाई घुमाउन फिनल्यान्ड, इस्टोनिआ लगायतका ठाउँहरुमा लगेका थिए । हामी सँगको कुराकानीमा भने यूरोप घुम्ने नेपालीहरु सबै आर्चय नै मान्दछन् यूरोपको विकास द्रुत गतिमा छ । पेसा र व्यवसाय संचालन सँगै आफुले नेपालबाट यूरोप आउनेहरुलाई सकेको सहयोग गर्ने गरेको बताउनु भयो । सामाजिक क्षेत्रमा समेत काम गर्दै आएका अर्याल कै सहयोग र पहलमा ढोलामा लिफ्ट पम्प खानेपानी आयोजना बनेको छ ।

हजुरआमा चढेको जहाजको विशेषता
उक्त पानी जहाजमा २५०० मानिस अटाउछ, ७३२ बेड सहितको २४० कोठा, २४० वोटा गाडी तथा सामान बोक्ने ट्रक, होटेल रेस्टुरा र नाइट क्लब, डिपार्टमेन्टल स्टोर, आकस्मिक उपचार केन्द्र, प्रत्यक कोठामा ट्वाइलेट, टिभि र टेलिफोन सुविधा हेलिप्याड लगायत अरु थुप्रै सुबिधाहरु उपलब्ध रहेको हुन्छ ।

फिल्याण्डले ठुला ठुला पानी हजाज बनाउँछ, भर्खरै २ वटा ठुला पानी जहहाज बनाउने अडर पाएको छ फिल्याण्डले एउटा ठुलो पानी हजाजको ४०० मिलियन यूरो पर्छ । एउटा प्रयोगमा आइ सकेको छ भने अर्कोको निर्माण कार्यजारी छ ।

हेल्सीन्कीबाट मुख्य २ ठाउँमा पानी जहाज कम्पनी भिक्किङ लाइन र सील्जा लाइन छन् । जुन फिल्याण्डबाट स्टोनिया, स्वीडेन  जाने गर्दछ । यहाँ बनेका जहाजको मुल्य २०० मिलियन यूरो छ ।